बाजुराको जगन्नाथमा ७५ जना विद्यार्थीलाई पोसाक र स्टेसनरी युवा शाही द्रारा वितरण

  • उमेश रोकाया

  • बाजुरा- जिल्लाको जगन्नाथ गाउँपालिका ७५ जना विद्यार्थीलाई पोसाक र स्टेसनरी युवा राजन शाहीको पहलमा वितरण गरिएको बताएको छ।

    जगन्नाथ गाउँपालिका वडा न.५ को देवलकोट माध्यमिक बिधालयमा बुधबार अध्ययनरत बिपन्न असाय अपाङ्ग र टुहुरा बिधार्थिहरुलाई बिधालयको पोसाक बितरण गरिएको नेविसंघ काठमाडौ बाजुरा सम्पर्क समिति सदस्य सचीव राजन शाहीले बताएको छ। लायन्स क्लब अफ आरम्भ देउराली काठमाडौ द्वारा स्टेसनरी समान वडा ५ र ६ का आधारभुत बिधालयको अन्तर बिधालय अध्ययनरत बिपन्न वर्ग विद्यार्थी लाई समान वितरण गरिएको युवा शाहीले बताएको छ।

    उक्त सहयोगमा विशेष भुमिका निभाउनु भएको युवा होनहार राजन शाहीको पहलमा बिधालयमा रहेका विपन्न वर्ग परिवारका बालबालिकाहरु भौतिक सामाग्री वितरण गरिएको बिधालय प्रधानाध्यापक सत्य राज उपाध्याले बताएका छन। आफ्नो सानो सहयोग भएपनि राहत तरिकाले समान वितरण गरिएको लायन्स क्लब अफ आरम्भ देउराली काठमाडौ बोर्ड समिति सदस्य राजन शाहीले बताउनु भएकोे छ।

    उक्त वितरण कार्यक्रम सभा अध्यक्ष देवलकोट माध्यमिक बिधालय प्रधानाध्यापक सत्य राज उपाध्या रहनु भएको छ।भने प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य वीर बहादुर शाही र नेविसंघ काठमाडौ बाजुरा समिति सचिव राजन शाही तथा विद्यार्थी बाक्लो सहभागिता समान वितरण कार्यक्रम सम्पन्न गरिएको बताएको छ।

    आफुले पहिला अध्यन गरेको बिधालय हुँदा आफ्नो सानो सहयोग भए पनि बिधालय अध्यनरत बिपन्न असाय अपाङ्ग र टुहुरा बालबालिका पोसाक सङ्गै स्टेसनरी को समान वितरण गरेको छ। गाउँपालिका वडा नम्बर ५ र ६ का अन्तर्गतका आधारभुत बिधालय ७५ जना विद्यार्थीलाई पोसाक र स्टेसनरी युवा राजन शाहीको पहलमा वितरण गरिएको बताएको छ।

  • २० पुष २०७९, बुधबार २०:३१ प्रकाशित

  • Nabintech