बाजुरामा जिप भाडा मनोमानी असुल गर्दा यात्रु मर्कामा

  • उमेश रोकाया

  • बाजुरा- कोल्टी देखी धुलाचौर चल्ने सवारी साधनहरुको भाडादर मनोमानी असुली गरिएको बताएको छ।

    जिप यात्रुलाई कोल्टी देखि धुलाचौर जिप भाडा ४०० सय देखि ५०० रूपका भाडादरले भाडा लिने गरेकोले सवारी साधनमा आवतजावत गर्ने मर्कामा परेका छन। भने गाडीमा सवारी गर्न निकै कष्टकर रहेको छ। धुलाचौर बाट कोल्टी जिपमा आउन गाडी भाडा जिल्ला प्रशासन घटाएको छ तर यातायातका मान्छेले मनोमानी ढंगबाट गाडी भाडा असुल गरिएको यात्रु दिपक भण्डारीले बताएका छन।

    हरेक हप्ता एक पटक गाडीमा सधै आवातजावत गर्न गरेको छु। जिप भाडा ५००/- दरले तिरेर सवारी साधन भएर कोल्टी धुलाचौर आउने जाने गरेको अवस्था थियोे। पुष २० गते बसेको बैठकमा राजनीति दल यातायात व्यावसायिक संग सरकारवाला निकाय बसि भाडादर कार्यनयन बारेमा छलफल समेत गरेपनि कोल्टी देखि धुलाचौर सडक खण्डमा सवारी साधन गाडी भाडादर कायम नगरेर आफ्नो ढंगले पैसा उठाउने गरेको सृजना बोहराले बताएको छ।

    कोल्टी देखि धुलाचौर सडक खण्ड १७ किलोमीटरमा जिल्ला प्रशासन कार्यालयले सवारी साधन भाडादर प्रति किलोमीटर १२ रुपैया दरले कार्यनयन गरेपनि कायम रहेको छैन। प्रशासनले कोल्टी देखि धुलाचौर सडक चल्ने गाडी भाडा २०४ रुपैयाँको दर लगाए पनि नियम विपरीत सवारी साधन चल्ने गरेको पाइन्छ। भाडादर कायम नहुदा सवारी यात्रुलाई ठुलो मर्कामा परेकाको बताएको छ।

    कोल्टी देखी धुलाचौर चल्ने सवारी साधनहरुको भाडादर मनोमानी असुली गरिएको बताएको छ। सोही भाडा दर नियमित रूपमा कार्यनयन गराउन सम्बन्धि सरकारवाला संग ध्यानाकर्षण रहनुपर्ने बताए। ग्राभेल सडक लगाएको सडक चल्ने सवारी साधनको प्रति किलोमीटर १२ रुपैया दरले कार्यनयन गराउन समेत स्थानीय धुलाचौर बजार बासिन्दाले बताएको छ्न।

  • २४ पुष २०७९, आईतवार ०२:४८ प्रकाशित

  • Nabintech