बाजुरामा गाडी भाडा दोब्बर असुली गर्दा प्रहरी प्रशासन द्रारा फिर्ता

  • उमेश रोकाया

  • बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा गाडी भाडादर दोब्बर असुली गर्दा प्रहरी प्रशासन द्रारा फिर्ता गरिएको छ।

    कोल्टी बाट धुलाचौर भाडादर जिल्ला प्रशासन कार्यालय तोकेको भन्दा दोब्बर असुली गर्दा धुलाचौर स्थायी प्रहरी चौकी इन्चार्ज चित्र बहादुर मल्लको टोली द्रारा फिर्ता गरिएको छ। पुष २८ गते बिहान भे १ ज १८५ बन्दबढी गाडी चालक धर्म भट्टराई र गाडी साहु सेर बहादुर रावतले रु.४०० (चार सय रुपैयाँ ) भाडा मनोनीत असुल गर्दा धुलाचौर प्रहरी प्रशासन कार्यालय धुलाचौले नियन्त्रणमा लिएर भाडा फिर्ता गराएको बताएको छ।

    कोल्टी देखि धुलाचौर सडक खण्ड १७ किलोमीटरमा जिल्ला प्रशासन कार्यालयले सवारी साधन भाडादर प्रति किलोमीटर १२ रुपैया दरले कार्यनयन गरेको छ। उक्त प्रशासनले कोल्टी देखि धुलाचौर सडक चल्ने गाडी भाडादर २०४ रुपैयाँको दर लगाएको छ। सवारी साधनको भाडा नियम विपरीत चल्ने लाई धुलाचौर स्थायी प्रहरी चौकी कडा रूपमा लागिपरेको धुलाचौर स्थायी प्रहरी चौकी इन्चार्ज चित्र बहादुर मल्लले बताएको छ।

  • २८ पुष २०७९, बिहीबार १४:५६ प्रकाशित

  • Nabintech