हिमाली गाउँपालिकामा नागरिक आरोग्य सेवा संचालन अभियान कार्यक्रम सम्पन्न

  • उमेश रोकाया

    1. बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा नागरिक आरोग्य सेवा संचालन अभियान कार्यक्रम सम्पन्न गरिएको छ।

    आयुर्वेद स्वास्थ केन्द्र मार्तडी बाजुराको आयोजनामा र हिमाली गाउँपालिका कार्यालय समन्वयमा नागरिक आरोग्य सेवा संचालन अभियान कार्यक्रम गरिएको छ। उक्त कार्यक्रम आयुर्वेद स्वास्थ सेवा केन्द्र बाजुराका कार्यालय प्रमुख रंग बहादुर कार्कीको अध्यक्षतामा भएको छ। प्रमुख अथिति हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी बिशिस्ट अथिति हिमाली गाउँपालिका वडा न.४ का कार्यबाहक अध्यक्ष मंगल बहादुर मल्ल अथिति हिमाली गाउँपालिका वडा न.६ का अध्यक्ष प्रेमलाल भण्डारी रहनु भएको छ।

    पालिका शाखा प्रमुख तथा स्वास्थ स्वयंसेवकहरु सहभागिता एक दिने नागरिक आरोग्य सेवा संचालन अभियान कार्यक्रम सम्पन्न गरिएको आयुर्वेद स्वास्थ केन्द्र मार्तडी बाजुराका कार्यालय प्रमुख रंग कार्कीले बताउनु भएकाे छ।

    पालिका भित्र रहेका महिला स्वास्थ स्वयंसेवक तथा स्वास्थ क्षेत्र लाई लक्ष्यित गर्दै यो कार्यक्रम संचालन गरिएको बताएको छ। यस्तो कार्यक्रम पहिलो प्राथमिकता दिइनुपर्ने रहेको छ। वर्षको एकपटक भन्दा पनि नागरिक आरोग्य कार्यक्रम अभियान बढी प्राथमिकता हुनुपर्ने हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनु भयाे।

  • २८ पुष २०७९, बिहीबार २०:३३ प्रकाशित

  • Nabintech