पञ्जिकरण बिभागको आयोजनामा VPN सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

  • अशाेक भण्डारी

  • व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली VPN सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागको आयोजना तथा संयूक्त रास्ट्रसंघीय बालकोषको सहआयोजना र सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेशको सहजिकरणमा सो कार्यक्रम भएको हो । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली(VERSP-MIS) तथा Virtual Private Network मार्फत कार्य सञ्चालन सम्बन्धी दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा कर्णालीका १० वडा जिल्लाका ७९ स्थानिय तहहरुकामा कार्यरत सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी कार्य गर्ने व्यक्ति र एम. आई एस अपरेटरहरुका लागी २ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागका महानिर्देशक तिर्थराज भट्टराई, निर्देशक मीना अर्याल, निर्देशक सागर मणि पाठक, एम. आई एस लिडर निर्मल शर्मा उज्वल मिश्र लगायतले प्रशिक्षण दिनु भएको थियो । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन गर्नको लागी अब सबै पालिकामा यो सिस्टम लागु कसरी गर्ने भन्ने तथा VPN सम्बन्धी प्राटिकल गरेर प्रशिक्षण दिनु भएको थियो । अबको १५ दिनमा सम्पुर्ण पालिकामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली ख्एल् लागु गरिने प्रशिक्षण कार्याक्रमा सहभागी एम.आई.एस अपरेटरहरु नमस्ते कर्णालीलाई जानकारी दिनुभयो ।


    साथै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभाग तथा बिरेन्द्र नगरपालिकाको आयोजनामा सामाजिक सुरक्षा कार्यक्रमको प्रभाबकारितामा सरोकारवाला निकायहरुको भुमिका बिषयमा प्रदेशस्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम समेत गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी वडा तथा गाउँपालिकामा आईपर्ने समस्याका बिषयमा जिज्ञासा तथा प्रश्न राख्नु भएको थियो भने यस्को समस्या समधानका बिषयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागका महानिर्देशक तिर्थराज भट्टराईले प्रश्नको उत्तर दिनु भएको थियो । साथै नेपालको संविधानको धारा ३९ ले बालबालिकाको जन्म दर्ताको हक स्थापित गर्ने ग्यारेन्टी गरेको एकीकृत राष्ट्रिय परिचय व्यबस्थापन सुचना प्रणाली स्थापना गरी राज्यबाट उपलव्ध हुने सेवा सुविधा र राष्ट्रिय विकास योजनासंग आवद्ध गर्ने परिकल्पना रहेको बताउनु भयो । कुनै पनि घटना दर्ता गर्नु नागरिकको अधिकार भएकोले व्यवस्थीत तरिकाले घटना दर्ता तथा सामाजिक सुरक्षाको कार्यलाई सफलताका साथ काम गर्न समेत जोड दिनु भयो । सो सार्वजनिक कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महांसघका सचिब ललित बहादुर बुढाले गर्नु भएको थियो ।

     

  • २९ पुष २०७९, शुक्रबार १८:३६ प्रकाशित

  • Nabintech