छायाँनाथ रारा नगरपालिका द्वारा ७ वर्ष पछी बसपार्क उद्घाटन

  • सनत हमाल

  • मुगु । मुगु जिल्ला सदरमुकाम गमगढ़िको छायाँनाथ रारा नगरपालिकाले  बसपार्कको उद्घाटन गरिएको छ ।
    जिल्लामा बसपार्क नहुँदा सवारी साधन पार्किङ गर्न समस्या हुने तथा सवारी साधनहरु सडकमै पार्किङ गर्नुपर्ने बाध्यता थियो ।

    छायाँनाथ रारा नगरपालिका वडा न १ का वडा अध्यक्ष पदम राज मल्लले बसपार्क व्यवस्थापन भएसमग्र जिल्ला लगायत छायानाथ रारा नगरपालिकाको मुहार फेरिने बताउनुभयो । उहाँले लामो समयपछि बसपार्क स्थापना गर्न पाउँदा खुसी महसुस भएको बताउनुभयो ।  कार्यक्रममा छायानाथ रारा नगरपालिका नगर प्रमुख विष्णु कुमार भामले बसपार्क निर्माणमा आफनो सक्दो सहयोग भयको र अझै आउदा दिनहरूमा सहयोग रहने समेत  बताउनुभयो ।


    स्थानीय को चन्दा स्वरूप झडै १२०० वर्ग मीटर र सार्वजनिक जग्गामा बसपार्क निर्माण गरीएको हाे । कुल अनुमान १५ कठा जग्गामा करिब १ करोड़ ५० लाख र २० लाख बराबरको जनसर्बदान मा मुगूको बसपार्क सञ्चालन भएको छायाँनाथ रारा नगरपालिका ले जानकारी दिएकाे छ  ।

  • १ माघ २०७९, आईतवार १७:०९ प्रकाशित

  • Nabintech