मुगुमा नयां स्याउ क्षेत्र विस्तार सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न

  • सनत हमाल

  • मुगु । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई मुगुको आयोजनामा नयां स्याउ क्षेत्र विस्तार सम्वन्धि अभिमुखी गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
    मुगु जिल्लाका चार वटा पालिका मा लागू भयको सिमी तथा स्याउ विस्तार कार्यक्रममा छांयानाथ रारा नगरपालिका भित्रका वडाहरू ३,४,५,६,७,८,१०,११,१२ र १४ का बस्थी हरुमा नया स्याउ विस्तार सम्बन्धी विभिन्न सहकारी, समूह र निजी फार्म हरुबाट ३३ जना कृषकहरू अभिमुखी गोष्ठी मा समाबेश भयका थियो ।


    गोष्ठीमा कृषक हरुलाई नयां स्याउ क्षेत्र विस्तारका लागी परियोजना कार्यान्वयन इकाई मुगुको अनुदान पायका सहकारी,समूह,र निजी फार्महरुका कृषकले कार्यबिधि अनुसार काम गर्नु पर्ने प्रधानमंत्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई मुगुका कार्यालय प्रमुख तेज बिक्रम मल्लले जानकारी दिनुभयो
    गोष्ठीमा सो कार्यालयका प्राबिधिकहरूले स्याउ विस्तार सम्बन्धी विभिन्न बैज्ञानिक प्रविधिक बाट उत्पादनमा वृद्धि ल्याउने गोष्ठीमा छलफल भयको थियो
    प्रधानमन्न्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई मुगुले जिल्लाको ४ वटै पालिकामा सिमी तथा स्याउ जोन छेत्र विस्तार कार्यक्रम लागु भयको र अरु पालिकाहरुमा पनी कृषकहरु संग अभिमुखी गोष्ठी कार्यक्रम संचालन र सहकार्य गरी अघि बड्ने कार्यालय प्रमुख मल्लले नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिनुभयो ।

  • ५ माघ २०७९, बिहीबार ०९:२८ प्रकाशित

  • Nabintech