बाँकेको कोहलपुरमा घैंटो डि.लाउण्ज एण्ड बार प्रा.लि.सञ्चालमा आउदै

  • नमस्ते कर्णाली

  • बाँकेको कोहलपुरमा घैंटो डि.लाउण्ड एण्ड बार प्रा.लि.सञ्चालमा आउने भएको छ । कोहलपुरका युवा उद्यमीहरुले एउटै छाना मुनि पार्टि प्यालेस सहित हिमाली थकाली भान्सा घर, क्याफे, स्कुनर हाउस एबं लोक दोहोरी सांझ सञ्चालनमा ल्याउन लागेका हुन । शुक्रबार पत्रकार सम्मेलन गर्दै घैंटो डि. लाउण्ड एण्ड बार प्रा.लि.का सञ्चालकहरुले बांके जिल्लामै पहिलो पल्ट यस्तो सम्पुर्ण सेवा सहित अत्याधुनिक रेष्टुरेण्ट सञ्चालनमा आउन लागेको जानकारी दिए ।
    शनिबार कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यले उदघाटन गर्ने कार्यक्रम रेहेको छ । घैंटो डि. लाउण्ड एण्ड बारका ५ जना सञ्चालक सदस्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयको थियो । जसमा रुद्र प्रसाद खनाल संयोजक रहेको घैंटो डि. लाउण्ड एण्ड बारमा अन्य सञ्चालक सदस्यहरुमा खेमराज शर्मा, सञ्दिप बानिया, सञ्जित वली र लक्ष्मण पौडेल रहेका छन । कोहलपुर दशबिगाह पुर्वि गेटमा रहेको घैंटो डि. लाउण्ड एण्ड बार अबस्थीत रहेको छ ।

    कोहलपुरमा नया स्वाद, संगित र खेलका साथ मनोरम बाताबरणमा पार्टि प्यालेसको समेत ब्यबस्था गरेका छन । पुरानो होटल खरिद पश्चात एक करोड लागतमा निर्मित घैंटो डि. लाउण्ड एण्ड बार प्रा.लि.मा पारीवारीक वातावरण सहित लोक संस्कृतीको जर्गेना गर्दै मनोरम बाताबरणमा रमाउन चहानेहरुका निम्ति ओपनिङ्गका अबसरमा रु १५०० मा सिंगल प्याक तथा जोडिमा आउनेहरुलाई २५०० मा चिकेन चिल्लि, पनिर चिल्लि, डर्म सेट लगाएत घैंटो प्याकको ब्यबस्था रहेको छ ।


    यसैगरि ओपनिङ्गका अबसरमा माघ २८ देखि फाल्गुण २ गते सम्म राष्ट्रिय कलाकारहरुले भरपुर मनोरञ्जन दिने सञ्चालक खेमराज शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए । उन्ले माघ २८ गते इन्द्रेणीका छत्र शाहि र काजल जोशि आउने जनाए भने अन्य तीन दिन सम्म टिका पुन, दिपेन्द्र के.सि., गोपाल जिएम लगाएत राष्ट्रिय लोक दोहरीमा ख्याती प्राप्त कलाकारहरु आउने कार्यक्रम रहेको छ ।
    घैंटो डि. लाउण्ड एण्ड बार प्रा.लिले अत्याधुनिक डेकोरेसनमा सञ्चालित उक्त रेष्टुरेण्टमा ४० बढिलाई रोजगार दिने बताएको छ भने दोहरी सांझलाई सभ्य रुपले सञ्चालन गर्न रु १००० को टोकन काटि सो बराबरको खाद्य पदार्थ मेनु अनुसार उपलब्ध गराउने संचालकले जानकारी दिएका छन । साथै घैंटो डि. लाउण्ड एण्ड बार प्रा.लि ले कम्तिमा महिनाको एक पटक राष्ट्रिय कलाकारलाई निम्त्याएर कोहलपुरमा मनोरञ्जन दिने समेत संचालकले जानकारी गराएका छन ।

  • २७ माघ २०७९, शुक्रबार २०:२७ प्रकाशित

  • Nabintech