हिमाली गाउँपालिका द्धारा भुकम्पबाट भएको क्षेत्रीको विवरण संकलन

  • नमस्ते कर्णाली

  • बाजुराको हिमाली गाउँपालिकाले भुकम्पबाट भएको क्षेत्रीको विवरण संकलन गरेकोे छ । बुधबार गाउँपालिकाको बिच्छया केन्द्र बिन्दु बनाएर भुकम्प गएको थियो । गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत सहितको गाउँपालिकाको टोलीले क्षेती भएको स्थान सम्मै पुगेर बस्तु स्थितिको बारे जानकारी लिएको प्रमुख प्रसासकिय अधिकृत राज बहादुर भण्डारीले जानकारी दिनु भयो । भुकम्पबाट वडा न १ मा २ वटा सरकारी कार्यालय पुर्ण रुपमा क्षेती भएको तेस्तै वडा न २ मा ६ वटा पुर्ण र १ सामान्य क्षेती ,वडा नं ३ मा ३ वडा पुर्ण तथा ४ वडा सामान्य क्षेती भएको, वडा नं ७ मा ९ वटा निजि निवासमा क्षेती भएको गाउँपालिकाले जनाएको छ । तेस्तै वडा नं ४ मा ४ वटा पुर्ण र २८ वटा निजि निवासमा समान्य क्षेती भएको छ । वडा नं ६ मा ६ वटा पुर्ण रुपमा क्षेती ३३ घरधुरी सामान्य चर्केका र ५५ वटा घरधुरी जोखीम रहेको जनाइएको छ ।

  • ११ फाल्गुन २०७९, बिहीबार २०:१६ प्रकाशित

  • Nabintech