वेस्टर्न ई.मी सेकेण्डरी स्कुल द्धारा बिज्ञान प्रदर्शनी ,फुड फेस्टिवल, मिस एण्ड मिस्टर वेस्टर्न कार्यक्रम सम्पन्न (फोटो फिचर)

  • अशाेक भण्डारी

  • बाँकेको कोहलपुरमा रहेको वेस्टर्न ई.मी सेकेण्डरी स्कुलले सनिवार फुड फेस्टिवल, बिज्ञान प्रदर्शनी, मिस एण्ड मिस्टर वेस्टर्न एवं विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर ५ मा रहेकोे स्कुलले शनिबार विद्यालयको प्राङ्गणमा वार्षिक कार्यक्रम अन्तर्गत बिज्ञान प्रदर्शनी फुड फेस्टिवल, मिस एण्ड मिस्टर वेस्टर्न एवंम विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथी नेशनल प्याब्सनका राष्ट्रिय उप महासचिब कुसुम रानाभाटले एउटा व्यक्ति देखि लिएर समाज, समुदाय, राष्ट्रलाई पनि सुधार्नलाई शिक्षा आबश्यक रहेको औल्याउँदै वेस्टर्न ई.मी सेकेण्डरी स्कुलले कोहलपुर लाई शिक्षा क्षेत्रमा अब्बल साबित गरेकोमा खुशी व्यक्त गर्दै शैक्षिक प्रगतिको शुभकामना दिनुभयो ।
    स्कुलको वार्षिक कार्यतालिका अन्तर्गत (शनिबार) फुड फेस्टिवल, बिज्ञान प्रदर्शनी, miss and Master Western एवं विविध साँस्कृतिक कार्यक्रम एकै साथ आयोजना गरिएको हो । दिउँसो ११ बजे देखि बेलुकी ५ बजेसम्म आयोजित फेस्टिवलमा स्कुलको कक्षा १ देखि १० कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुको ४ वटा स्टलमा बिबिध खानाका परिकार राखेका थिए ।


    स्टलहरुमा विद्यार्थीहरुले सामान्य रेष्टुरेन्टमा पाइने चिकेन चाउमिन, रोष्ट, भेज मम , भेज चाउमिन, खुर्सानी पकौडा, बेकरी, समोसा,टिकिया,जेरी,सलाद, भिभिन्न फलफुल आदी फरक फरक परिकारका खाना बनाएर अभिभावक तथा अवलोकनकर्ताहरुलाई खुवाएका थिए । विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा प्रदान गर्नका लागि कार्यकम आयोजना गरिएको स्कुलका प्रिन्सीपल उमेश श्रेष्ठले जनाकारी दिनु भयो ।
    विद्यार्थी आँफैले खानाका परिकार तयार गरेको हुँदा खाना बनाउन लाग्ने मेहेनत र खानाको महत्व बारे बुझ्न पनि कार्यक्रमले मद्घत मिल्ने उहाँको भनाइ छ । वर्षभरी अभिभावकले बनाएको परिकार खाने विद्यार्थीले एक दिन आँफैले बनाएर अभिभावकलाई खुवाउने दिनको रुपमा पनि यसलाई लिईएको प्रिन्सीपल श्रेष्ठले बताउनु भयो ।
    स्कुलमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो कला कौशल र अभिभावकहरुको सम्मानमा विविध साँस्कृतिक प्रदर्शनी, चित्रकला, विज्ञान परिक्षण, फुड फेस्टिवल लगाएतका प्रस्तुती राखेका थिए ।


    कार्यक्रमका सभापति तथा स्कुलका संस्थापक कुबेर बस्नेतले वेस्टर्न ई.मी सेकेण्डरी स्कुलले दशकौं देखि कोहलपुर क्षेत्रको उत्कृष्ट विद्यालयका रुपमा विद्यार्थीको सामाजिक, बौद्दिक तथा शारीरिक विकासलाई केन्द्रमा राखेर पुरानो रितिरिवाज लाई समेत जगेर्ना गर्दै कार्यक्रमहरु सञ्चालनमा ल्याउने गरेको जानकारी दिनुभयो । साथै यस्ता प्रकारका कार्यक्रमबाट बिद्यार्थीको ज्ञान सिपको क्षमतामा बिकास हुने बताउनु भयो ।
    वेस्टर्न ई.मी सेकेण्डरी स्कुलमा अध्यनरत कक्षा १ देखी कक्षा १० का बिद्यार्थीहरुले आफै निर्माण गरेको बिज्ञानका विभिन्न सामाग्रीहरु प्रदर्शन गरिएको र अभिभावकको मन जित्न सफल भएको वेस्टर्न ई.मी सेकेण्डरी स्कुलका नेपाली शिक्षक भक्ति प्रसाद न्यौपानेले बताउनु भयो ।
    कार्यक्रममा स्कुलका शिक्षक, विद्यार्थी, अभिभावक आदीको सहभागीता रहेको थियो ।

  • १३ फाल्गुन २०७९, शनिबार १९:४९ प्रकाशित

  • Nabintech