नुन डिपो कार्यालय नहुदा मुगुको मुगुम कार्मारोङ्ग गाउपालिका जनतालाइ सास्ती

  • सनत हमाल

  • नुन डिपो कार्यालय नहुदा मुगुको मुगुम कार्मारोङ्ग गाउपालिका जनतालाइ सास्ती

    मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिकाका बासीहरु अहिले नेपाल सरकारले ग्रामीण भेगका जनताहरुलाई अनुदान स्वरुप दिने नुनको खोजिमा छन् । जब सम्म चिनको नाका खुला थियो त्यो बखत मुगुम कार्मारोङ्ग गाउँ पालिका बासिहरु त्यतै चिन देखि नुन ल्याएर दैनिकी चलाउने गर्थे । नेपाल सरकारले अनुदान स्वरुप दिने नुनको वास्ता थिएन तर अहिले चिनको नाका बन्द भए देखि यता नुनको अभाव झेल्नुपरेको छ ।
    सरकारले अनुदान स्वरुप दिने नुन लिन आजभोलि कार्मारोङ्ग गाउपालिका बासिहरु २ दिन पैदल र १४ सय गाडी भाडा तिरेर सदरमुख काम गमगडी बजार नुन लिन आउन बाध्य छन् ।


    यत्रो लामो समय खर्च गरेर नुन लिन आउछौ तर यता नुन डिपाेले भने ५ केजि मात्र दिने गरेको कार्मारोंग बासी बताउछन् ।
    जिल्लामा प्रती बर्ष ३२ सय क्विन्टल नुन अनुदान स्वरूप आऊने गरेको छ त्यस मध्य १ हजार कुइन्टल नुन सोरु गाउपालिका,१ हजार कुइन्टल खात्याड गाउपालिका र छांयानाथ रारा नगरपालिका र मुगुम कार्मारोंग गाउपालिका गरि १२ सय कुइन्टल नुन सरकारले दिदै आयको छ तर यो नुन मुगुका जनतालाई पर्याप्त मात्रामा भने पुग्दैन कारमारोङ्गमा भने हालसम्म डिपोको व्यवस्था गरिएको छैन यसकारण यहाँका स्थानीयहरुले सास्ती भोग्नु परिरहेको छ कार्मारोंग गाउपालिका स्थानीय बासी बताउछन ।

  • १६ फाल्गुन २०७९, मंगलवार १६:१४ प्रकाशित

  • Nabintech