कविता “म पानी”

  • नर बहादुर मल्ल

  • १. मानब जीवन लगाएत,
    सवै प्रणाीहरुलाई नभई नहुने निर्बिकल्प म पानी

    २.कतै झर्ना बनेर बगी रहेको छु भने ,
    कतै नदी भएर सुसाई रहेको छु म पानी ।
    ३. गंगा जमुना र भागीरथी भएर बगी रहेको छुम पानी,
    देवताको मन्दिरमा पनि जलको रुपमा चढेको छु म पानी ।
    ४.तर शौचालयमा पनि त,
    प्रयोग भएकै छु म पानी ।
    ५. कहिले आकाशमा वादल संग घुमी रहेको छु त ,
    कहिले किसानको खेतबारीमा पनि पुगेकै छु म पानी ।
    ६. वनजंगल मासिदा पनि
    रोही रहन्छु म पानी ।
    ७. कहिले मलाई फोहर भनि गाली गर्छन्,
    तर पनि सहेर बसेको छु म पानी ।
    ८. आज ३१ औं विश्व पानी दिवस मनाउदा धेरै खुशी छु म पानी ।।।

    नर बहादुर मल्ल
    अध्यक्ष
    कोहलपुर वृहत शहरी खानेपानी उपभोक्ता संस्था
    कोहलपुर ११ बाँके

  • ८ चैत्र २०७९, बुधबार २०:४० प्रकाशित

  • Nabintech