मुगुमा गत वर्षभन्दा यो वर्ष एसईई परीक्षा दिने परीक्षार्थीको सङ्ख्यामा वृद्धि

  • सनत हमाल

  • मुगुमा गत वर्षभन्दा यो वर्ष एसईई परीक्षा दिने परीक्षार्थीको सङ्ख्यामा वृद्धि

    मुगुमा माध्यमिक शिक्षा परीक्षा (एसईई) गत वर्ष ९७६ जना परीक्षार्थीले एसईई दिएका थिए भने यो वर्षमा (एसईई) का लागि १ हजार ४ सय १८ जना परीक्षार्थी सहभागी भएका छन् ।छात्रा ७७७ र छात्र ६४१ जना मध्य नियमित तर्फ़ १ हजार ४ सय ५ जना छन भने ग्रेडवृद्धि तर्फ़ १३ जना सहभागि भयका छन अनुपस्थित मध्य नियमित तर्फ़ का ४० र ग्रेडवृद्धि तर्फ़ ८ जना अनुपस्थित भयका शिक्षा विकास तथा समन्वय इकाई मुगुका सूचना अधिकारी खड्क राज भियालले बताए । परीक्षा सञ्चालनका लागि ७ वटा केन्द्र तोकिनुका साथै सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्र अध्यक्ष तोकियको पनि सूचना अधिकारी भियाले जानकारी दिए । उनले भयरहित वातावरणमा परीक्षा सञ्चालन भयको र यसका लागि आवश्यक सुरक्षा व्यवस्था मिलेको उनले बताए ।

  • १७ चैत्र २०७९, शुक्रबार १९:३३ प्रकाशित

  • Nabintech