हुम्लामा एसईई परिक्षामा १२३४ जना मध्ये २८ जना अनुपस्थित

  • अशाेक भण्डारी

  • हिमाली जिल्ला हुम्लाका ६ वटा परिक्षा केन्द्रमा १ हजार २ सय ३४ जना परिक्षार्थीहरू मध्ये २८ जना अनुपस्थित रहेका छन । बालमन्दिर माध्यमिक विद्यालय परिक्षा केन्द्र २ सय ५६ जना परिक्षार्थी मध्ये २ जना अनुपस्थित रहेको र मानसरोवर माध्यमिक विद्यालय परिक्षा केन्द्रमा १ सय ८० जना परिक्षार्थी मध्ये ५ जना परिक्षार्थीहरू अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय ईकाइ हुम्लाले जानकारी दिएको छ ।

    हिमज्योती माध्यमिक विद्यालय परिक्षा केन्द्रमा २ सय ५३ जना परिक्षार्थी मध्ये ६ जना परिक्षार्थी अनुपस्थित र सुर्यदय माध्यमिक विद्यालय परीक्षा केन्द्रमा १ सय ५७ जना परिक्षार्थीहरू मध्ये १ जना अनुपस्थित र मदानदेव माध्ययमिक विद्यालय परिक्षा केन्द्रमा २ सय ४० जना परिक्षार्थी मध्ये २ जना अनुपस्थित र कोट माध्यमिक विद्यालय रोडिकोट परिक्षा केन्द्रमा १ सय ४८ जना परिक्षार्थीहरू मध्ये ४ जना अनुपस्थित रहेको सुचना अधिकारी कार्की जानकारी दिनुभयो । पहिलो दिन जिल्लाका ६ वटै परीक्षा केन्द्रमा शान्तिपूर्ण मर्यादित रूपमा परिक्षार्थीहरूले परिक्षा दिएको बिभिन्न परिक्षा केन्द्रका केन्द्रा अध्यक्षले जानकारी दिनु भएको छ ।

    गत वर्ष हुम्लाबाट १ हजार १ सय ३६ जना परीक्षार्थीले एसईई दिएका थिए ।

  • १७ चैत्र २०७९, शुक्रबार २०:०० प्रकाशित

  • Nabintech