अदानचुली गाउँपालिका जनप्रतिनिधि द्धारा सडक आसपासमा रहेका भौतिक संरचनाको तथ्याकं संकलन

गल्फागाड देखि कालागाड सम्म ८ मिटर चौडाइ पिचरोडको DPR सर्बेको लागि रोड छेउछाउका घर जग्गाको प्रारम्भिक तथ्यांक संकलन


  • नमस्ते कर्णाली

  • कर्णाली प्रदेश अन्तर्गत प्रादेशिक स्थानीय सड्क सुधार आयोजना सुर्खेत र विश्व बैंकको आर्थिक सहयोगमा गल्फागाड देखि कालागाड सम्म ८ मिटर चौडाइ पिचरोडको म्उच सर्बेको लागि रोड छेउछाउका घर जग्गाको प्रारम्भिक तथ्यांक संकलन गरिएको छ ।


    शनिवार अदानचुली गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंह, उपाध्यक्ष कर्ण रोकाया, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही,वडा अध्यक्ष, विश्व वंैकका प्रत्तिनिधी, इन्जिनियर अनिल कुमार मिश्र, कार्यापालिका सदस्य, वडा सदस्य, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि र स्थानियहरुकोको सहभागितामा अनुगमन गर्दै तथ्याङ्क संकलन गरिएको गाउँपालिका स्रोतले जानकारी दिइको छ ।

    गाउँपालिकाको गल्फागाड देखि कालागाड सम्म निमार्ण हुने ८ मिटर चौडाइ पक्की सडकको सर्बेको लागि सडक छेउछाउको घर जग्गाको प्रारम्भिक तथ्यांक संकलन भएको गाउँपालिकाका निमित्ति प्रमुख प्रशासकीय  अधिकृत मेघनाथ शाहीले बताउनुभयो ।

  • १९ चैत्र २०७९, आईतवार ०९:२९ प्रकाशित

  • Nabintech