अदानचुली गाउँपालिकाका कर्मचारी बिचमा परिचयात्मक तथा समिक्षात्मक कार्यक्रम सम्पन्न

  • नमस्ते कर्णाली

  • अदानचुली गाउँपालिका कर्मचारी बिचमा परिचयात्मक तथा समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । अदानचुली गाउँपालिकामा कार्यरत सम्पुर्ण शाखाका शाखा प्रमुख तथा अन्य गाउँपालिकाका कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा शाखा प्रमुखहरुले चौमासिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । गाउँपालिकालाइ सबल र सक्षम बनाउन कर्मचारीको हात रहेकाले सेवा ग्राहिहरुको कामलाई छिटो , छरितो र पारदर्शी तरिकाले काम गर्नेु पर्ने गाउँपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले बताउनु भयो । साथै आफु जति महिना काम गरेपनि नितिगत तथा कार्यविधि हेरेर मात्र काम गर्ने बताउनु भयो । आफलाई सम्पुर्ण बिषयगत शाखाहरुले काममा सहजिकरण, सरसल्लाह गरेमा मात्र आफु सफल हुने बताउनु भयो । कर्मचारीहरुले कसैलाई मतभेद नगरी सेवा दिने कामलाई मात्र ध्यान दिनुपर्ने यहाँको भनाई थियो । स्वास्थ्य, शिक्षा, कृषि,पशु , पञ्जिकरण, लेखा प्राबिधिक,सुचना तथा प्रबिधि,खानेपानी तथा सरसफाई, प्रशासन,योजना,उद्यम बिकास,शाखा प्रमुख तथा वडा सचिब, अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

     

     

  • २१ चैत्र २०७९, मंगलवार १८:५३ प्रकाशित

  • Nabintech