अदानचुली गाउँपालिकाको १२ औं गाउँसभा सम्पन्न(फोटो फिचर)

  • नमस्ते कर्णाली

  • हुम्लाको अदानचुली गाउँपालिकाले १२ औं हिउँदे गाउँसभा सम्पन्न गरेको छ ।
    शनिवार अदानचुली गाउँपालिकाको श्रीनगरमा भब्यताका साथ १२ औ हिउदे गाउँ सभा सम्पन्न गरेको हो । हिउदे गाउँ सभाले गाउँपालिकाका बिभिन्न ४ वटा निति,ऐन,कानुन पारित गरेको छ जसमा गाउँपालिका विपद जोखिम न्यनिकरण तथा व्यबस्थापन ऐन २०७९, गाउँपालिका विपद जोखिम न्यनिकरण तथा व्यबस्थापन कार्यबिधि २०७९, कन्टीजेन्सी रकम खर्च व्यबस्थापन कार्यविधि २०७९ तथा टोल बिकास संस्था व्यवस्थापन कार्यविधि २०७९ हिउँदे गाउँसभाबाट पारित गरेको छ ।


    चालु भैपरी खर्चमा रहेको अवण्डा रकम कर्मचारी तलब,भत्ता तथा अन्य नपुग खर्च शिर्षकमा रु १ करोड रकम बिनियोजन अन्य शिर्षकमा थप घट गर्ने लगाएतका निर्णय गरेको अदानचुली गाउँपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले जानकारी दिनु भयो ।
    गाउँपालिका अध्यक्ष सिंहका अनुसार गाउँपालिकाको लागि केहि निति,ऐन,कानुन समेत पारित गर्नुपर्ने भएकोले आवास्यक पर्ने सबै निति,ऐन,कानुन समेत पारित गरिएकाले अब तत्काल कार्यान्वयन समेत हुने समेत बतानु भएको छ ।


    गाउँ सभामा बोल्ने बक्ताहरुले स्थानीय सरकारको जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका थिय । कार्यक्रममा अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंह उपाध्यक्ष कर्ण रोकाया ,नि. प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही ,वडा अध्यक्ष,कार्यपालिका सदस्य लगाएत सरोकारवाला ब्यक्तिहरुको पनि सहभागीता रहेको थियो ।

  • २५ चैत्र २०७९, शनिबार १९:१९ प्रकाशित

  • Nabintech