प्रदेश सभा सदस्य माननीय जुना दानी द्रारा मुख्यमन्त्री समक्ष बाजुराका ११ योजना पेश

  • उमेश रोकाया

  • बाजुरा- सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय जुना दानीले मुख्य मन्त्रीको कार्यालयमा बाजुराका ११ वटा योजना माग पेश गरिएको छ।

    सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्ला मध्य सबैभन्दा पिछडिएको जिल्ला बाजुरा रहेको मानिन्छ। बाजुरा जिल्लाका लागि तत्काल जनसरोकारका अति आवश्यक योजना चालु आर्थिक वर्ष २०७९/२०८० भित्र र आगामी आर्थिक वर्ष २०८०/२०८१ प्राथमिकता आधारमा निर्माण गर्न सम्पन्न गर्न लागी आवस्यकता बजेट विनियोजन लागि सुदुरपश्चिम् प्रदेश मुख्यमन्त्री कार्यालय राजेन्द्र बहादुर शाही पेश गर्नु भएको छ।

    साफे देखि मार्तडी सडक खण्डमा पर्ने अमकोट बल्धामा वर्षा याममा बाढी पहिरोका कारणले बाजुरा सदरमुकाम मार्तडी देखि उत्तरी भेग सडक संजालबाट बिछेद हुने भएकोले उक्त सडक बाह्रै महिना सुचारु गर्न बजेट विनियोजन लागी, जिल्ला भित्रका बेतालमाण्डौ, बार्जुगाड, बौनेगाउँ, साहुवाडा, सुकबिजार, पिनालेख, भौनेरा हुदै मार्तडी सम्म पक्की सडक, सदरमुकाम मार्तडी जोड्ने बैकल्पिक मार्ग अन्तर्गत पर्ने भौनेरा खोलामा तत्काल बेलिबृजको व्यवस्था गर्न समेत योजना पेश गरिएको छ।

    साफे देखि मार्तडी सडक खण्ड देखि त्रिवेणी नगरपालिका जोडने बुढिगगा मौरे र मालगाडमा पक्की पुल निर्माणमा तिब्रता हुनका लागी, मार्तडी देखि कोल्टी सडक खण्डमा पर्ने अनाइगाड, बाउलीगाड र दानसाघु खोलामा पक्की निर्माण र तत्काल बेलिबृजको व्यवस्था गर्नका लागि र बाजुरा जिल्लाका ९ वटै स्थानीय निकायका गाउँ बस्तीमा नेपाल विद्युत प्राधिकरणको विद्युत राष्ट्रिय लाइनको व्यवस्था, बाजुरा जिल्ला अन्तर्गत पर्ने खप्तड बडिमालिका र बुढिनन्दा जस्ता ऐतिहासिक धार्मिक र पर्यटकीय महत्त्व रहेका स्थानहरुको पुर्वाधार बिकासका लागि आवश्यक बजेटको व्यवस्था गर्नका लागि पेश गरिएको छ। टिकापुरको दुगौलि देखि साफेबगर काडी हुँदै चैनपुर सम्म निर्माण हुनुपर्ने २ सय ४२ किलोमीटर लामो सेतीलोक मार्ग हाल कैलाली देखि अछाम खण्ड निर्माणाधीन रहेको बझाङको चैनपुर खण्ड निर्माण सम्पन्न भइसकेको र बिचमा जोडिएने बाजुराको काडो रान खण्ड १२ किलोमिटर निर्माणको कुनै प्रक्रिया सुरु नभएकाले उक्त खण्ड निर्माण का लागि आवश्यक पहल गरिने पहल रहेको प्रदेश माननीय जुना दानीले बताए।

    बाजुरा जिल्लाको अधिकास ठाउँमा टेलीफोन टावरमा 4G को नेटवर्क सुविधा जडान नभएकाले टेलिफोन टावरको स्तर उन्नतिका लागि आवश्यक पहल गरि दिन र हाल जिल्ला अस्पताल बाजुरामा १५ सैया मात्र संचानमा रहेकोले जिल्ला अस्पताल बाजुरा लाई ५० सैयामा स्तर उन्नति गरी बाजुरामा सल्यक्रिया समेतको जनशक्ति व्यवस्थापन र उपकरण मेसिन औजार व्यवस्थापन गर्न बजेट विनियोजन, धार्मिक पर्यटकीय गन्तव्य बडिमालिकाको गुरुयोजना तयार गरी धार्मिक पर्यटन साथै बिकास गर्न बजेट विनियोजन लागी मुख्यमन्त्री समक्ष पेश गरेको छ।

    बाजुराको समग्र बिकासका लागि सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय जुना दानीको नेतृत्वमा जिल्लाका समग्र समस्या संगै बिकास निर्माणका कामहरुको लागि सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री माननीय कमल शाह ज्यु समक्ष योजनाको माग पेश गरिएको छ। सुदुरपश्चिम् प्रदेश सभा सदस्य माननीय पदम बहादुर शाही बाजुरा जिल्लाका विभिन्न समस्याहरुको माग राख्दै भेटघाट तथा छलफल कार्यक्रम गरिएको छ।

    नेपाली काङ्ग्रेस बाजुरा सभापति रामसिंह रावल, पुर्व भुमि सुधार सहायक मन्त्री जनकराज गिरि, निवर्तमान नेपाली काङ्ग्रेस बाजुरा पाटी सभापति कबिराज पण्डित, नेपाली काङ्ग्रेस नेता चक्र बहादुर शाह, नेपाली काङ्ग्रेस बाजुरा पाटी उपसभापति पदम बडुवाल, नेपाली काङ्ग्रेस सुदुरपश्चिम् प्रदेश कार्य समिति सदस्य धनराज पण्डित, राधिका सिंह, सह सचिव सुरेन्द्र सिंह लगायत जिल्लाका अग्रज नेताकार्यकर्ता बाक्लो सभापतिमा बाजुराका योजना
    मुख्यमन्त्रीको कार्यालयमा पेश गरिएको प्रदेश सभा सदस्य माननीय जुना दानीले बताए।

  • २८ चैत्र २०७९, मंगलवार २०:४१ प्रकाशित

  • Nabintech