अदानचुली गाउँपालिकाले वैशाख १ देखि ७ गते सम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाउदै

  • अशाेक भण्डारी

  • अदानचुली गाउँपालिकाले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने भएको छ। २०८० साल वैशाख १ गतेदेखि ७ गतेसम्म गाउँपालिकाले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागेको हो।
    गाउँपालिकाको व्यक्तिको कानुनी पहिचानको स्थापना गर्न, राज्यलाई नीति निर्माण गर्न र राज्यबाट प्रवाह हुने सेवाको प्राप्तीका लागि लागि व्यक्तिगत घटना दर्ता आवश्यक रहेकाले सो सम्बन्धी जनचेतना अभिवृद्धी गर्न व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागिएको हो।
    २०८० बैशाख १ देखि ७ गते सम्म देशै भरी व्यक्तिगत घटना दर्ता सप्ताह संचालन हुने हुँदा अदानचुली गाउँपालिकाका सम्पुर्ण वडाहरुमा समेत व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने बिभिन्न सेवा प्राप्तीका लागि जन्म,मृत्यु,बसाइसराई,विवाह,सम्बन्ध बिच्छेद दर्ता जस्ता व्यक्तिगत घटना दर्ता गर्न छुट्न गएका सम्पुर्ण सेवाग्राहीहरुलाई तोकिएको समयमा आफ्नो वडा कार्यालयमा अनिवार्य घटना दर्ता गर्नु गराउन हुन गाउँपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले जानकारी दिनुभयो । साथै योग्यता पुगेका लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागी विवरण दर्ता गराउन वडाका लाभग्राहीहरुलाई जानकारी गराईदिनहुन अनुरोध गर्नु भएको ।
    व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन बिहिबार गाउँपालिकाले सम्पूर्ण वडामा पत्राचार गरेको छ।

  • ३० चैत्र २०७९, बिहीबार १४:१९ प्रकाशित

  • Nabintech