पहिलो हेमराज स्मृति कप’ फुटबल प्रतियोगिताको उपाधि जुम्लालाई

  • सनत हमाल

  • हेमराज स्मृति कप’को पहिलो संस्करणको उपाधि जुम्ला फुटबल टिमले जितेको छ।मुगुको सदरमुखकाम गमगढी स्थित श्री महाकाली उमाबी को खेल मैदानमा शनिबार भएको फाइनल खेलमा मुगुको रेड पाण्डा फुटबल क्लब लाई ३–१ ले पराजित गर्दै जुम्लाले उपाधि जितेको हो। उपाधि विजेता जुम्लाले नगद रु एक लाखको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा उपविजेता रेड पाण्डाले नगद रु ३५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। विजेता र उपविजेता टिमलाई मुगु जिल्लाका समन्वय प्रमुख मन्जन कार्कीले पुरस्कार हस्तान्त्रण गरेको थिए। खेलको अबधिभर उत्कृष्ट गोलरक्षक जुम्लाका प्रबेस बुढथापा , उत्कृष्ट डिफेन्स रेड पाण्डाका मदन शाही , उत्कृष्ट मिडफिल्डर जुम्लाका अविशेक बुढथापा , उत्कृष्ट स्ट्राइकर जुम्लाकै रुबिन भण्डारी, यस्तै सर्वाधिक गोलकर्ता A-ONE क्लका स्ट्राइकर बबर जंग मल्ल (रोहित) , ट्रफी, र प्रमाणपत्र प्राप्त गरेका छन्। भामबाडा फुटबल क्लबको आयोजनामा स्वर्गीय हेमराज भामको सम्झनामा गत महिना चैत्र २९ गतेबाट प्रतियोगिता सुरु भएको थियो। प्रतियोगितामा मुगु जिल्ला लगायत जुम्ला जिल्ला बाट गरि २८ टिम सहभागिता थियो।

    भामबाडा फुटबल क्लबका कप्तान हेम राज भामको विसं २०७९ पुस २८ गते निधन भयको थियो उनै कप्तान भामको सम्झनामा भामबाडा फुटबल क्लबले हेमराज स्मृति कप गरेको छ। जिल्लामा खेल मैदान नहुदा सारै असहज भयको र समग्र जिल्ला का सरोकारवाला निकायलाई खेल मैदान चाडो भन्दा चाडो निर्माणको माग गर्दै प्रथम हेमराज स्मृति कप सफल भयको र प्रथम संस्करणमा रु एक लाख राशि राखियको र आगामी आउने संस्करणमा पुरस्कारको राशिलाइ बडाउदै लैजाने मूल आयोजक समितिका अध्यक्ष गणेश सेजुवालले बताए। हेमराज स्मृति कपको पहिलो संस्करण विभिन्न दाता, स्थानीय सरकार र व्यापारिक कम्पनीबाट आर्थिक व्यवस्थापन गरेर प्रतियोगिता गरिएको आयोजकले जनाएको छ। प्रतियोगिता शुभारम्भ तथा समापन कार्यक्रममा स्वर्गीय हेमराज भामको भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको थियो।

     

  • ९ बैशाख २०८०, शनिबार २०:३१ प्रकाशित

  • Nabintech