कोहलपुर वृहत शहरी खानेपानी उपभोक्ता संस्थाकाे जेठ २ गते साधारणसभा हुने

  • नमस्ते कर्णाली

  • कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाले वार्षिक साधारण सभा गर्ने भएको.छ । हरेक ५ वर्षमा संस्थाको नियमीत साधारणसभा गर्नुपर्नेमा ब्यवस्था छ । तर बिबिध कारणले ७ वर्षसम्म साधारणसभा गर्न नसकेको संस्थाले आगामी जेठ २ गते ८ औं वार्षिक साधारणसभाको मिति तय गरेको संस्थाका अध्यक्ष नरबहादुर मल्लले जानकारी जानकारी दिनु भयो ।

    शुक्रबार संस्थाद्धारा कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मल्लले नेतृत्व परिवर्तनकालागि लामो समयपछि साधारणसभा गर्न लागिएको बताए । संस्थाको विधानमा उल्लेखीत नितिका कारण समयमै साधारणसभा गर्न नसकिएको भन्दै मल्लले सर्वपक्षिय÷सर्वदलिय छलफलको निर्णय अनुसार साधारणसभाको मिति तय गरीएको सो पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।

    कोहलपुर नरगपालिकाको १, २, ५, ६, १०, ११ र १२ वडामा खानेपानी वितरण गर्दै आएको संस्थाले साधारणसभाकालागि अधिकाशं वडामा वडास्तरका भेलाहरु सम्पन्न गरीसकेको छ तर १० र ११ नम्बर वडामा भने अझैं पनि वडा भेला गर्न नसकिएको मल्लले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । वडा भेला सम्पन्न भएका वडाहरुमा प्रतिनिधि छनौट गर्ने काम सकिएको र साधारणसभाकालागि हालसम्म ४१५ जना प्रतिनिधि छनौट गरीएको जानकारी दिनु भयो ।

    कुल ५ हजार १ सय उपभोक्त मध्येबाट ५ सय १० प्रतिनिधी छनोट हुने र ति प्रतिनिधीबाट कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको सर्बसम्मत नयाँ कार्यसमिती चयन हुने संस्थाका सचिव प्रेम कटुवालले जानकारी दिनु भयो ।
    आ.ब ०७१÷०७२ मा ९८२२०१३ खुद आम्दानी भएको र १०१८७६८७ खुद खर्च भएको र त्यो २०७८÷०७९ मा आएर ३७१२०६२३ खुद आम्दानी भएको र देखि २०७८÷०७९ ३९३०९३०९ खुद खर्च भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो साथै यो अहिले २०७८÷०७९ मा आएर २७७ प्रतिशतले बृद्धि भएको देखिएको छ ।

  • १५ बैशाख २०८०, शुक्रबार २२:१० प्रकाशित

  • Nabintech