नेपाल नेत्र ज्योति संघ मुगुको दोस्रो अधिबेशनबाट सभापतिमा मल्ल निर्वाचित 

  • नमस्ते कर्णाली

  • नेपाल नेत्र ज्योति सङ्घ मुगुको नेपाल नेत्र ज्योति सङ्घ मुगुको सभापतिमा तिलक बहादुर मल्ल निर्विरोध निर्वाचित हुनु भएको छ । सङ्घको जिल्ला कार्य समिति चयनका लागि भएको निर्वाचन बाट मल्लको नेतृत्वमा १३ सदस्य समितिका सबै सदस्य निर्विरोध निर्वाचित भएका हुन ।


    नव निर्वाचित सभापति मल्लका अनुसार कार्य समितिमा उप सभापतिमा लोक जङ्ग मल्ल , सचिव नरेन्द्र बहादुर रावल , सह सचिव सितला कुमारी बुढा मल्ल , कोषाध्यक्ष भिम तिरुवा , सह कोषध्यक्ष राकेश रोकाया निर्विरोध निर्वाचित हुनुभएको बताए ।
    त्यस्तै महिला सदस्य हिरा देवि मल्ल , अप्सरा खत्रि , सदस्यमा मन बहादुर डाँगर , अज बहादुर सेजुवाल , प्यारी लाल काफ्ले , धनसिला मल्ल र जानकी शाही निर्विरोध निर्वाचित हुनुभएको छ ।
    सङ्घमा हालसम्म १ सय २० जना आजिवन सदस्य रहेका छन् । जिल्लाभरि आँखा, कान सम्बन्धी रोगका उपचार तथा विभिन्न सेवा दिने कार्यमा सहयोग र समन्वय गर्ने कार्य गर्दै आएको छ ।
    त्यस्तै, आगामी दिनमा यसलाई अझ सशक्त ढङ्गले सो कार्यलाई निरन्तरता दिँदै जाने सभापति मल्लले जानकारी दिए ।
    मुगुमा २०६४ साल बाट आँखा सेवा दिदै आएको संस्था विधिवत रुपमा २०७० साल बाट सक्रिय भएर काम गर्दै आएको छ ।

  • २५ बैशाख २०८०, सोमबार २१:०२ प्रकाशित

  • Nabintech