नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेको २४ औ जिल्ला परिषद भव्यरुपमा सम्पन्न

  • नमस्ते कर्णाली

  • नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति बाँकेको २४ औ जिल्ला परिषद सम्पन्न भएको छ । शनिवार ३० गते स्मारिका तथा सम्मान लगाएत विविध कार्यक्रम सहित सो कार्यक्रम सम्पन्न भएको हो । नेपालगंजको सुुनाखरी कटेजमा सम्पन्न भएको परिषद मा प्रकाशन विभाग द्धारा प्रकाशित हाम्रो जमर्को नामक स्मारिका विमोचन गरियो थियो ।

    शिक्षा क्षेत्रमा विभिन्न ओहोदामा रहेर योगदान गर्ने वि.व्य.स अध्यक्ष, बालबिकास शिक्षक, बिद्यालय कर्मचारी लाई सम्मान गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति बाँकेका सचिब बाबुराम अधिकारीले नमस्ते कर्णाली लाई जानकारी दिनु भयो । साथै उहाँका अनुुसार कार्यक्रममा क्भ्भ् परिक्षा २०७८ मा बाँके जिल्ला बाट उत्कृष्ट नतिजा प्राप्त गर्र्ने सामुुदायिक विद्यालयका छात्र धम्बेझी मा.वि का अंश मिश्र र लाक्ष्मी मा.वि. मदुुइ कि छात्रा दुुर्गा देवकोटा लाई बधाइ तथा शुुभकामना सहित सम्मान गरिएको जानकारी दिनु भयो ।

    कार्यक्रममा जनज्ञान ज्योती मा.वि.का अध्यक्ष खिमलाल शर्मा, ज्ञानोदय नमुुना मा.वि.का अध्यक्ष भिमसरा भण्डारी, प्रभात मा.वि. जि.गाउँ की बालबिकास शिक्षक गिता नेपाली र कालिका प्रा.वि जानकी ४ की कर्मचारी सुुदामा लोनिया सम्मानित हुुनुुभएको थियो । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम, सांगठनिक, आर्थीक, र महिला विभागको प्रतिवेदन प्रस्तुुत गरि पारित गरिएको थियो ।


    बाँके अध्यक्ष रेखा धितालको अध्यक्षता र संगठनको राष्ट्रिय समितिका उप महासचिव एकदेव पन्थीको प्रमुुख आथित्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय समिति सदस्य बामदेव सुुबेदी, प्राज्ञ सदस्य महानन्द ढकाल, पुुर्व अध्यक्ष डम्बर राज सुुबेदीले शुुभकामना मन्तव्य प्रस्तुुत गर्नुु भएको थियो । संगठनका जिल्ला सचिव बाबुुराम अधिकारीले सञ्चालन गरेको कार्यक्रमा स्वागत मन्तव्य उपाध्यक्ष दिल बहादुुर खत्रीले गर्नु भएको थियो । बाँके जिल्लाका ८ वटै पालिकाको गाउँ नगर परिषद सम्पन्न गरि आयोजना गरिएको जिल्ला परिषदमा सबै पालिकाबाट २०० बढी शिक्षकको उपस्थिति रहेको थियो ।

    नेपाल सरकारले बजेट मार्फत गरेको व्यवस्था तथा श्रम ऐन समेत बिरुद्ध बाँकेको डुुडुुवा गाउँपालिकाले बालबिकास शिक्षक तथा विद्यालय कर्मचारीलाई न्युुनतम तलब नदिएको कुुराको भ्रत्सना गर्दै राष्ट्रिय रुपमा कुुरा उठाउने भन्दै नयाँ शिक्षा ऐनले मात्रै राहात, अनुुदान, बालबिकास, कर्मचारीका माग सम्बोधनको बाटो खोल्ने हुुँदा नेपाल राष्ट्रिय शिक्षक संगठन छिटो संघिय शिक्षा ऐन पारित हुुनुु पर्नेमा प्रमुुख अतिथिले बताउनुु भयो । कार्यक्रममा बोल्ने बक्ताले शिक्षक संगठन पेशागत हक हितका साथै शैक्षिक गुुणस्तरमा समेत सजग रहनुु पर्ने भन्दै कक्षाकोठामा संगठन आबद्ध शिक्षक अब्बल हुुनै पर्र्ने कुुरामा जोड दिनु भएको थियो ।

  • ३० बैशाख २०८०, शनिबार २२:४२ प्रकाशित

  • Nabintech