मुगुमा पहिलो पटक नागरिक समाजका अध्यक्ष को संयोजकमा भ्रष्टाचार विरुद्धको आन्दोलन

  • नमस्ते कर्णाली

  • हिमाली जिल्ला मुगुमा पहिलो पटक भ्रष्टाचार विरुद्धको आन्दोलन गरिएको छ । नागरिक समाजका अध्यक्ष रूप बहादुर मल्लको अगुवाईमा मुगुमा पहिलो पटक भ्रष्टाचार विरुद्धको आन्दोलन गरिएको हो । भुटानी शरणार्थी ,सुन कान्नड, वाइटबडि कानड लगायत कान्डले देशमा भ्रष्टाचारले खतरा रूपलिने भएकाले त्यसको विरोध गर्दै मुगुमा भ्रष्टाचार विरुद्धको आन्दोलन गरिएको नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्ल्ले बताए । उनका अनुसार देश आर्थिक बन्दिले देश श्रीलंका हुन लागिसकेको छ तर देश बिकासमा लागेका ठुला नेताले भ्रष्टाचार गर्न थालेकाले यस्को बिरोध अब स्वतन्त्र नागरिकले गर्नु पर्ने बेला आएको भन्दै भ्रष्टाचार विरुद्धको अभियान देश भरिका नागरिकहरु यक हनुपर्ने बताए । यसै बीच मुगु जिल्लामा पनि बिकासका नाममा करोडौं बजेट आएपनि बिकास भन्दापनी भ्रष्टाचार बढि भएको बताएका छ्न । अब भ्रष्टाचार गर्ने जो कोहिलाई कालो मुसो दल्ने उनले बताए । आजको भ्रष्टाचार विरुद्धको आन्दोलनमा स्वतन्त्र नागरिक , पत्रकार हरुको सहभागी रहेको थियो ।

  • १ जेष्ठ २०८०, सोमबार २०:२० प्रकाशित

  • Nabintech