कोहलपुर वृहत खानेपानी उपभोक्ता संस्था छापामार शैलीमा कब्जा गरियो -अध्यक्ष मल्ल

  • नमस्ते कर्णाली

  • कोहलपुर वृहत खानेपानी उपभोक्ता संस्थाको जेष्ठ २ गते साधारण सभा तथा अधिबेशन सम्पन्न भयतापनि अहिले सो संस्थामा समस्या देखिएको छ । संस्थाको जेष्ठ २ गते मंगलबार आठौ बार्षिक साधारण सभा तथा अधिबेशनमा संस्थाका कोषाध्यक्ष एकनारायण चापागाईंले पेश गर्नु भएको संस्थाको एकीकृत लेखापरीक्षण तथा आर्थिक प्रतिबेदनमा छलफल हुदा बन्दसत्रमा उपस्थित प्रतिनिधिहरुले लेखापरीक्षण दुरुस्त छ कि छैन भन्ने आसङ्का गरि लेखापरीक्षण प्रतिबेद्न पुन चेकजाँच गर्नको लागी तथा अध्यायन सहित प्रतिबेदन तयार गर्नका लागी उपसमिती गठन गरेको थियो । आगामी आउने कार्यकारि समितिलाई बुझाउने गरी हर्क बहादुर बुडथापा को संयोजकत्तवमा तेज प्रशाद अधिकारी, अमर चन्द ,शिव पोख्रेल, शसेन्द्र बहादुर शाही गरी पाँच सदस्यीय उपसमिती गठन गरि लेखा लाई मात्र हेर्ने अधिकार दिएको थियो । समितिले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गै सम्पुर्ण कार्यालय छापामार सैलिमा नियन्त्रणमा लिई बर्तमान कार्यकारी समितिलाई धम्की दिने अमानबिय ब्याबहार गरि कार्यालय भन्दा बाहिर निकालीएको संस्थाका अध्यक्ष नर बहादुर मल्लले जानकारी दिनु भयो । कार्यालायमा रहेका गोप्य डकुमेन्ड तथा सम्पुर्ण कागजात नियन्त्रणमा लिई संस्थाको बर्तमान कार्यकारी समितिलाई कार्यालय प्रवेश गर्न रोक लगाएको समेत संस्थाका अध्यक्ष मल्लले जानकारी दिनु भयो । कार्यकारी समितिको अधिकारमाथि हस्तक्षेप गरी कार्यालायको ब्याबस्थापक लाइ अनाधिक्रीत रुपमा कार्यकारी अधिकार दिएको तथा फिलिमी सैलिमा नाटक मञ्चन गरी संस्थाको सम्पुर्ण कामकारबाहीमा बाधा अबरोध गरेको संस्थाका कोषाध्यक्ष एकनारायण चापागाईंले बताउनु भयो । बर्तमान कार्यकारी समितिले जिल्ला प्रशासन कार्यालय बाँकेमा मुद्दा दायर गरिसकेको जानकारी दिनु भयो ।

  • ६ जेष्ठ २०८०, शनिबार १७:१९ प्रकाशित

  • Nabintech