दुर्गम भेगका सामुदायिक विद्यालयको पठनपाठनमा पनि प्रविधीको प्रयोग बढ्दै

  • सनत हमाल

  • दुर्गम भेगका सामुदायिक विद्यालयको पठनपाठनमा पनि प्रविधीको प्रयोग बढ्दै गयको छ | मुगु जिल्लाको पुर्बी भेगमा पर्ने मुगुम कार्मारोंग गाउपालिका वडा नं ९ छाइलमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा विजुली र इन्टरनेटको पहुँच पुगेपछि विद्यालयमा कम्प्युटरको प्रयोगात्मक अध्ययन पनि सुरु भएको छ । यसले पठनपाठनलाई थप प्रभावकारी पु¥याएको छ । विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक अभ्याससहित पठनपाठन सुरु भएपछि विद्यार्थीको आकर्षण बढेको छ । कम्प्युटर विषयको पढाइसँगै प्रयोगात्मक कक्षा लिन पाउँदा र अर्कोतिर आधारभूत कम्प्युटर शिक्षाका लागि सदरमुकाम धाउनपर्ने बाध्यता हटेको र आफुहरु खुसि भयको कक्षा ७ मा अध्ययनरत छात्रा .फुलमाया बुढाले बताइन ।

    कम्प्युटरको प्रयोगात्मक पढाइले विद्यार्थीमा बेग्लै उत्साह थपिएको छ । बदलिँदो समय अनुसार अनिवार्य बन्दै गएको कम्प्युटर शिक्षाको आवश्यकता केही भए पनि पूरा हुने विद्यार्थीको विश्वास भयको विद्यार्थी मनकीमाया बढुवाल ले बताइन गाउँमा विजुली कम्प्युटर र इन्टरनेट पुगे पछि अन्य विषयका लागि पाठ्य सामग्री खोज्न पनि सहज भएको छ । जसले गर्दा कम्प्युटरको मात्र होइन अन्य विषयको पठनपाठनमा पनि सहयोग पुगेको छ । विद्यार्थीले पठन पाठनमा उत्साह पनि बढेको सोहि स्कुलका प्रधानाध्यापकले बताउनुभयो।

  • ३० जेष्ठ २०८०, मंगलवार ११:२९ प्रकाशित

  • Nabintech