नेपाल प्रेस युनियन मुगु शाखाको अध्यक्षमा रोकाया, शाखाबाट ३ जना पत्रकार सम्मानित

  • सनत हमाल

  • नेपाल प्रेस युनियन मुगु शाखाको चौथो जिल्ला अधिबेशन बाट नन्द बहादुर रोकायाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। शनिवार आयोजित प्रेस यूनियनको चौथो जिल्ला अधिबेसन जिल्ला समन्वय समिति मुगुको सभाहलमा भएको कार्यक्रममा मुगु जिल्ला प्रतिनिधि सभा सदस्य ऐन बहादुर शाहीको प्रमुख आतिथ्यतामा भयको उक्त अवशरमा पत्रकार कबिराज कार्कि,राज बहादुर शाही र नृपेन्द्र बहादुर मल्ललाई सम्मान गरियको थियो ।


    पत्रकारिताको माध्यमबाट जिल्लाको समग्र विकास निर्माण एबं परिवर्तनका मुद्धालाई सकरात्मक दिशा दिनका लागि खेलेको भूमिकाको कदर गर्दै पत्रकारद्धय कार्की,शाही र मल्ललाई सम्मान गरिएको थियो। पत्रकारद्धयलाई खादा ओढाएर सम्मान–पत्र प्रदान गरिएको थियो।अधिबेशनले अध्यक्षमा नन्द बहादुर रोकाया ,उपाध्यक्षमा हरिकृष्ण ऐडि र समावेसी उपाध्यक्षमा ज्ञानी माया भाम ऐडि ,सचिबमा नवराज रावल सह-सचिबमा दिपा भण्डारी ,कोषाध्यक्षमा सबिना भाम चयन भएका छ्न ।
    भने सदस्यहरुमा रबि हमाल,कृष्ण बोहरा ,सोनाम लामा असल शाही,सक्क बुढा , नन्द सिङ रोकाया निर्विरोध निर्वाचित भएका छ्न । रोकाया बिगत लामो समय देखि पत्रकारिता गदै आउनु भएको छ  ।

  • २ असार २०८०, शनिबार २२:२५ प्रकाशित

  • Nabintech