मुगुको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामको कार्य कक्षमा ग्रेटर नेपालको नक्सा

  • सनत हमाल

  • मुगुको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामको कार्य कक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै नगरप्रमुख भामले आफ्नो कार्या कक्षमा गे्रटर नेपालको नक्सा राखेका हुन नेपालसँग सीमा जोडिएको छिमेकी देश भारतले नेपालको भूमि पटक–पटक मिच्दै आएको र त्यसको विरोधस्वरुप मुगुबाट भारतलाई चुनौति दिन ग्रेटर नेपालको नक्सा कार्य कक्षमा राखिएको नगरपालिकाका नगरप्रमुख भामले बताए । नेपाल देश नै नरहे हामी कहाँ रहौँला भन्दै नगरप्रमुख भामले भारतको हेपाहा प्रवृधिप्रति नेपालीहरु चुप लागेर नबस्न आग्रह गरेका छन् । चुप लागेर बसेमा अझै सीमा मिचिने खतरा बढ्ने र यसलाई अभियानका रुपमा लिनुपर्ने उनले बताए । पटक–पटक भारतले नेपाल लाई हेपाहा दृष्टिले व्यवहार गर्दै गोतमबुद्ध, सीता भारतमा जन्मिएका हुन् भन्दै भ्रमाक प्रचारप्रसार गर्दै नेपालको अस्तित्व समाप्त गर्न खोजेको उनको भनाइ छ । भारतको संसद भवनमा लुम्बिनी र कपिलवस्तु भारतमा पर्दछन् भन्दै जुन भ्रमाक प्रचार गरिएको छ त्यो गलत भएको भामले बताए ।हेपा प्रवृधिले भारतले जुन व्यवहार गर्छ त्यसको विरोध स्वरुप नेपालको भुगोल–भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रियतको रक्षाका लागि ग्रेटर नेपालको नक्सा आफ्नो कार्यक क्षमा राखेर भारतलाई मुगुबाट अस्त्रप्रहार गरेको नगरप्रमुख भामले बताए । उनका अनुसार त्योसँगै नेपालको भूमि सुगौलि सन्धी अघि यस्तो थियो । यो भूमि नेपालको भन्ने आम नागरिकलाई जानकारी दिने उदेश्यका साथ पनि ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखिएको उनले बताए । देशको रक्षा, सीमा रक्षाको लागि तीनै तहका सरकारले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्नुपर्ने नगरप्रमुख भामको भनाई छ । काठमाडौं माहानगरपालिकाका मेयर बालेन्द्र शाहपछि दोस्रो मुगुको छायाँनाथ रारा नगरपालिका नगप्रमुख भामले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका हुन् । यसैबीच छायाँनाथ रारा नगरपालिका नगरप्रमुख भामले आगमी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा कस्ता योजना समावेश गर्न सकिन्छ त्यसका बारेमा पनि पत्रकारसँग राय, सुझाव सल्लाह मागेका छन् ।

  • ७ असार २०८०, बिहीबार १७:५२ प्रकाशित

  • Nabintech