मुगुमा २० औं राष्ट्रिय धान दिवस भव्यताका साथ मनाईयो (फाेटाे फिचर)

  • सनत हमाल

  • मुगु जिल्लामा २० औं राष्ट्रिय धान दिवस भव्यताका साथ मनाएको छ । जलवायु अनुकुलित कृषक मैत्री प्रविधि,धान उत्पादनमा वृद्धि भन्ने मुल नाराका साथ कृषि विकास कार्यालय मुगु र छायानाथ रारा नगरपालिका कृषि बिकास शाखाको संयुक्त आयोजनामा भव्यताका साथ आज धान दिवस मनाएको हो । धान दिवसको अवसरमा कृषकको खेतमै पुगेर मुगु जिल्ला समन्वय प्रमुख मन्जन बहादुर कार्की,छांयानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भाम, प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापा , लगायत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरुले दहि चिउरा खाँदै, एक अर्कामा हिलो छ्याप्दै धान दिवस मनाएका हुन् ।

    सरकारले विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निणर्य गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यता कर्णाली प्रदेशले आज सार्वजनिक बिदा समेत दियको छ। असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँदै आएका छन् । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा कृषी हो । किसानको वर्षभरका लागि मानु रोपेर मुरि फलाउने यो महिना खेतीमा व्यस्त हुन्छन् ।असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ .

  • १५ असार २०८०, शुक्रबार १६:२९ प्रकाशित

  • Nabintech