छायांनाथ रारा नगरपालिका :एक मुख १० रुख अनिवार्य

  • सनत हमाल

  • हरियाली नगर बनाउने लक्षका साथ एक मुख दश रुख भन्ने मुल मन्त्रका साथ छायाँनाथ रारा नगरपालिका भित्र बृक्षारोपण सुरु गरिएको छ। वृक्षको महत्व मानव जीवनका लागि अपरम्पार छ ।वृक्ष रोप्ने कार्य नै वृक्षारोपण हो । नगर समृद्धको अभियान अन्तर्गत आज रेडक्रस देखी चैनखोला सम्म बृक्षारोपण सुरु गरियको छ। नगरपालिका का नगर प्रमुख बिष्णु कुमार भाम ज्युको अगुवाईमा नगर प्रहरी, कर्मचारीको सक्रियतामा सयौ बिरुवा रोपेर बृक्षारोपण सुरुवात गरिएको छ। नगर भित्रका सबै नगर बासीले १ जना १० रुख लगाउनु पर्ने छ। मानव र वृक्ष बीचको सम्बन्ध अनादि कालदेखि नै घनिष्ठ छ ।  बाँचुन्जेल चाहिने अक्सिजन पनि यही वृक्षले प्रदान गर्दछ । वृक्षले कार्वन भण्डारणदेखि भूसंरक्षणसम्मका कार्यहरु गर्दछ ।

  • २० असार २०८०, बुधबार १७:०१ प्रकाशित

  • Nabintech