अभद्र व्यवहार गरेको भन्दै पुर्व सांसद र वडा अध्यक्ष बिरुद्द प्रशासनमा मुद्दा दर्ता

  • सनत हमाल

  • नेकपा एमालेका नेता कर्णाली प्रदेश सभाका नि वर्तमान सदस्य दानसिहं परियार र छायाँनाथ रारा नगरपालिका ६ का वडा अध्यक्ष खेम बहादुर रावलले पुर्वधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ई दत्त बुढथापा माथि अभद्र व्यवहार गरेको भन्दै पुर्व सांसद र वडाअध्यक्ष बिरुद्द प्रशासनमा मुद्दा दर्ता गरियको छ ।शनिबार ६ बजेतिर पुर्वधार कार्यालय मुगुमा योजनाको बिषय लाई लिईएर विवाद हुदाँ नि वर्तमान सांसद परियार र छायाँनाथ रारा नगरपालिका वडा नं ६ का वडा अध्यक्षले पुर्वधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ई दत्त बुढथापालाई हातपात गरेका हुन ।
    चालु आर्थिक बर्ष २०७९।८०को प्रदेश सांसद बिकास कोष मार्फत सञ्चालित खर्कदार देखि रिगामाडु र माथि बालै हुदै माथतल्ला सम्मका दुई योजनाको लागत स्टेमेट अनुसारको काम नभएको र रकम भुक्तानि पुरादिन दवाव दिदाँ आफुले अस्विृकार गर्दा आफु माथि माननिय र वडा अध्यक्षले कार्यालय भित्र हातपात गरेकार र कार्यालय तोडफोेड गरेका पुर्वधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ई दत्त बुढथापा जानकारी दिए ।उनका अनुसार दुवै योजनाको काम भएको तर लागत स्टमेट अनुसारको भएको छैन ४० लाखको योजनाको १० लाख बराबरको काम भएको र ५० लाखको योजनाको ३० लाख बराबरको काम भएको छ त्यसै अनुरुप भुक्तानि लिन आग्रह गरेको थिय उहाँहरुले मान्नुभएन । लागत स्टमेट अनुसार काम नभएकाले र फाईन बिल बढाउन नसकिने अवस्थाका बारेमा जानकारी दिर्दै गर्दा बिल बढाउन आफुले नसक्ने बताए पछि आफुमाथि हातपातभएको बताए ।बिल बढाउ अख्तियारमा पर्ने डर नबढाउ कुटाई खाने डरले मुगुमा काम गर्न असहज भएको बुढथापाले बताए । प्राविधिकहरुलाई पनि ज्यानमार्ने धम्कीले कर्मचारी त्रासमा छन । यो बर्षको आर्थिक बर्ष सकिन १ दिन बाँकी छ । अन्य योजनाको भुक्तानी दिन बाँकी रहेकाले काम गर्न असहज भएको कार्यालय प्रमुख बुढथापाले बताए । यसै बिच हातपातपछि नि वर्तमान सासंद परियार र वडा अध्यक्ष रावललाई प्रहरीले नियन्त्रण लिएको छ । उनिहरुलाई सोधपुधका लागि जिल्ला प्रहरी कार्यालय मुगुमा राखिएसंगै अभद्र व्यवहार गरेको भन्दै प्रशासनमा मुद्दा दर्ता गरियको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

  • २४ असार २०८०, आईतवार २१:५९ प्रकाशित

  • Nabintech