हुम्लाको अदानचुलीबाट हेलिकप्टर मार्फत सुत्केरी महिलाको उद्वार

  • अशाेक भण्डारी

  • हिमाली जिल्ला हुम्लाबाट बुधबार हेलिकप्टर मार्फत एक जना सुत्केरी महिलाको उद्वार गरिएको छ । अदानचुली गाउँपालिका वडा नं ५ बर्ष २१ कि निर्मला शाहीको हेलिकप्टर बाट उद्वार गरिएको हो ।
    सुत्केरी महिला र बच्चाको ज्यान जोखिममा रहेको र अदानचुली गाउँपालिकामा रहेको श्रीनगर स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत शाहीलाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको अदानचुली स्वास्थ्य शाखा प्रमुख हंश महताराले जानकारी दिनुभयो ।


    यहाँको स्थानीय प्रशासन र अन्य सरोकारवाला निकायको समन्वयमा सुत्केरी महिलाको उद्वार गरिएको अदानचुली गाउँपालिकाका नि प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिनुभयो । ।

  • २७ असार २०८०, बुधबार १२:५८ प्रकाशित

  • Nabintech