हुम्लाको कालिका केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प

  • नमस्ते कर्णाली

  • हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो ।

    यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे आसपास केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्‍यूडको  भूकम्प गएको थियो ।

    पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

    नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।onlinekhabar

  • २८ असार २०८०, बिहीबार १३:०८ प्रकाशित

  • Nabintech