सुरक्षित कर्णाली विशेष अभियान मुगुका घर – घरमा प्रहरीको सम्पर्क सहितको स्प्टिकर

  • सनत हमाल

  • कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित कर्णाली विषेश अभियान अन्तरगत मुगु जिल्लामा पनी सो अभियान सुरु गरियको छ। जिल्ला प्रहरी कार्यालय मुगु को आयोजना र छायानाथ रारा नगर पालिका को सहकार्यमा मुगु प्रहरी को फोन नंबर सहितको स्टिकर टास अभियान सुरू गरियको छ। अभियानले सबै नागरिकहरुलाई प्रहरी सेवामा सहज पहुँचको लागि प्रत्येक घरघरमा नजिकका प्रहरी युनिटहरुको फोन नम्बरसहित स्टिकर टाँस गरिएको छ। आइतबार अभियानको मुगु जिल्ला समन्वय प्रमुख मन्जन कार्की छायानाथ रारा नगर पालीका नगर प्रमुख विष्णु कुमार भाम, प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापा, जिल्ला प्रहरी प्रमुख महेश बस्नेत,मुगु जिल्ला नागरिक समाज अध्यक्ष रुप बहादुर मल्लले शुभारम्भ गरेका छन्।

    जिल्लाको जुनसुकै क्षेत्रमा बसिरहेका नागरिकहरुले कुनै शंकास्पद चिज वस्तुहरु थाहा पाएमा, देखेमा वा आफूले असुक्षित महसुस गरेमा नजिकको प्रहरीसम्म तत्काल खबर दिन वा लिनको लागि अन्य व्यक्तिहरुको सहरा लिन नपरोस् र आफैँ टेलिफोनमार्फत प्रहरीमा सिधा कुरा पुर्याउन सहयोग हुने अपेक्षा गरियको छ। नागरिकहरूको सूचना बमोजिम नजिकको प्रहरी छिटो भन्दा छिटो घरघरमा पुगी आवश्यक सुरक्षा पुरर्याउन सकियोस्, अपराधिक गतिविधिहरु निरुत्साहित गर्न सकियोस् र नागरिकहरुलाई अझ नजिकबाट सेवा दिन सकियोस् भन्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको प्रहरिले जनायको छ।नागरिकलाई सुरक्षाको अनुभूति दिन अभियानलाई जिल्ला भरीनै लागू गरिने र जिल्ला भित्रका ९ हजार भन्दा बढी घरधुरीहरूमा प्रहरीको फोन नम्बर भएको स्टिकर प्रत्येक घरहरूको मूल ढोकामा टाँस गरिनेछ। स्टिकर टाँस अभियान सञ्चालन गर्न स्थानीय तह सँग आवश्यक समन्वयबाट गरिएने प्रहरीले जनाएको छ।

  • २ श्रावण २०८०, मंगलवार १४:५६ प्रकाशित

  • Nabintech