घरघरमा सुरक्षित खानेपानीको धारा पाउॅदा स्थानीय दंग

  • सनत हमाल

  • मुगुको छायानाथ रारा नगरपालिकाका बिभिन्न बस्तिका घरघरमा सुरक्षित खानेपानीको धारा पाउॅदा स्थानीय दंग भयका छन। नेपाल सरकाको लक्ष्य २०३० सम्ममा सुरक्षित खानेपानी घरघरमा पु¥याउने लक्ष्य लिएको छ । त्यसै अनुरूप छायानाथ रारा नगरपालिकाले घर घरमा सुरक्षित स्वच्छ खानेपानी पु¥याउने उद्देश्य सहित यो अभियान सञ्चालन गरिरहेको छ । छायानाथ रारा नगरपालिका,यु.यस.आई.डी कर्णाली जल परियोजनाको आर्थिक सहयोग र हिमाली ग्रामणि युवा समाज विकास केन्द्र हिरिष्डेकको प्राविधिक सहयोगमा छायानाथ रारा नगरपालिका भित्रका ६ वटा गाउँ बस्तीमा एक घर एक धारा निर्माण गरिएको छ नगरपालिका भित्र का वडा नं ४ का कालपाल्तमा २७ घर, खामगोईटेमा २२ घर छायानाथ रारा नगरपालिका १० जिउलामा २९, गाडापालिमा ५१ घर तल्लेखमा ७० घर र छायानाथ रारा नगरपालिका ९ मुर्मामा ७३ घर गरी २ सय ७२ घरमा धारा निर्माण भएका छन् । सधैँ पानी लिन घर बाट आधा घण्टा हिँडेर पानीको जोहो गदै उमेर ढल्किएको सोही गाउकी रूप सिंह कामीले बताईन कामीले विगतका दिनमा घण्टौँ हिँडेर पानी बोक्नु पर्ने बाध्यता थियो ।

    उनले अहिले घर घरमा धारा आएपछि पानी बोक्दाको पीडा हटेको बताइन । पुस्तौँदेखि गाउँबाट टाढा रहेका खोला,कुवाको पानी खाँदै आएका स्थानीय अहिले सुरक्षित खानेपानीको धारा घर नजिक पाएपछि दंग भएका छन् । घरघरमा धारा निर्माण भएपछि सबैभन्दा सहज गृहिणीहरूलाई भएको छ । त्यो सँगै खानेपानीको सहज पहुँच सँगै सरसफाइको क्षेत्रमा पनि सुधार आउने आशा गरिएको छायानाथ रारा नगरपालिका ४ का धन केशर भामले बताए । प्रत्येक घरमा खानेपानीको धारा निर्माण गरेपछि अब सबैले सुरक्षित खानेपानी उपभोग गर्न पाउनेछन् । प्रत्येक घरलाई सुरक्षित खानेपानीको धारा निर्माण भएपछि सुरक्षित खानेपानी युक्त समुदाय निर्माण घोषण गर्ने तयारी समेत भइरहेको हिरिसडेक मुगुका कार्यकारी निर्देशक मीनबहादुर रावलले जानकारी दिए । उनका अनुसार खानेपानीको सहज पहुँच र आयआर्जनमा वृद्धिको लागी स्थानीय सरकारको कार्यक्रममा यु.यस.आई डी. कर्णाली जल परियोजना हिमाली ग्रामणि युवा समाज विकास केन्द्र हिरिष्डेकको मुगुले सहयोग गरेको हो । सन २०३० सम्म नेपाल सरकारले सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याउने सङ्कल्प गरेको छ । सोही संकल्प लाई सार्थकता तुल्याउन छायानाथ रारा नगरपालिकाले विभिन्न सङ्घ संस्थासँग समन्वय गरी एक घर एक धारा निर्माण अभियान थालेको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले बताए । उनका अनुसार छायानाथ रारा नगरपालिका भित्र सुरक्षित खानेपानीको सहज पहुँचका लागि यो वर्ष ६ बस्तीमा आयोजना सञ्चालन भएका छन् । बाँकी आगामी बर्षपनी खानेपानीको सहज पहुँच नभएका बस्ती छनोट गरेर त्यसै अनुसार सहयोगी संस्थाको समन्वयमा नागरिक लाई सुरक्षित खानेपानीको सहज पहुँच पु¥याउने अभियानका साथ एक घर एक धारा निर्माण अभियानलाई निरन्तरता दिइने नगर प्रमुख भामको भनाई छ ।

  • ३ श्रावण २०८०, बुधबार १७:३५ प्रकाशित

  • Nabintech