प्याब्सन र एन प्याब्सन कोहलपुर नगर समिति द्धारा कोहलपुर नगरपालिकालाई ध्यानाकर्षण पत्र

  • अशाेक भण्डारी

  • नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तत्कालिन सचिव श्री रामकृष्ण सुवेदीद्वारा हस्ताक्षरित, विद्यमान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नका लागि तयार गरिएको “विद्यालय शिक्षा सम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०” सरोकारवालाका सुझावहरुलाई वेवास्ता गरी तयार गरिएको सम्बन्धमा प्याब्सन तथा एन प्याब्सन कोहलपुरले ध्यानाकर्षण पत्र कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुवेदीलाई बुझाएको छ ।
    विधेयकमा राखिएका कतिपय प्रावधानहरु निजी लगानीका संस्थागत विद्यालयहरु प्रति पूर्वाग्रही मात्र नभएर संविधान विपरित, अव्यवहारिक र अन्यायपूर्ण भएको र हाल निजी तथा सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरु नै समस्याग्रस्त रहेको र शैक्षिक गुठी दर्ता तथा सञ्चालन सम्बन्धमा स्पष्टता नभएको अवस्था विद्यमान छ भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।


    उक्त प्रस्तावित विधेयकले ५ वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फर फारक गरी शैक्षिक गुठीमा रुपान्तरित हुनु पर्ने लगायतका बाध्यात्मक प्रावधान समावेश गरिनु संविधानको भावना विपरित, अव्यवहारिक र दुरशययुक्त रहेको स्पष्ट देखिन्छ । निजी लगानीका विद्यालयको छाता सङ्गठनको प्रतिनिधित्व हुनु पर्ने विभिन्न समिति तथा उपसमितिहरुमा समेत वेवास्ता गरी प्रस्ताव गरिएको विद्यमान विधेयक विभेदकारी हुनुका साथै अन्यायपूर्ण रहेको हुँदा यथास्थितिमा विधेयक पारित भएमा निजी लगानीका विद्यालयहरुको वृद्धि, विकास, सुरक्षा, संरक्षण र सम्बर्द्धन, असंभव मात्र नभई यस्ता विद्यालयहरु बन्द हुने निश्चित प्राय छ भन्ने समेत उल्लेख गरिएको छ । उक्त विधेयक संसद्मा पेस हुन अगाबै हाम्रा सरोकारका प्रावधानहरुको उचित सम्बोधन नभएमा देशैभरी सञ्चालित निजी लगानीका विद्यालयहरु बन्द गरी थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाहेक हामीसँग अन्य कुनै पनि विकल्प नरहने व्योहारका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा समेत कुनै ठोस निकास प्राप्त नभएको खण्डमा केन्द्रीय कार्यसमितिले आफ्ना माग पुरा नभएसम्मका लागि देशैभरीका कम्पनी, निजी गुठी तथा सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरु बन्द गरी अगाडि बढ्ने निर्णय गरी निर्देशन दिए पश्चात यस पालिका अन्तर्गतका विद्यालयहरु केन्द्रको निर्देशन प्राप्त हुनसाथ बन्द हुने विषय प्याब्सन कोहलपुर र एन प्याब्सन कोहलपुरको हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
    बाध्यतावंश गरेको यो निर्णयलाई यस पालिकाले सहजरुपमा बुझी आवश्यक सहयोग गर्न ध्यान आकर्षण पत्रमा उल्लेख छ । प्याब्सन कोहलपुरका अध्यक्ष गोविन्द सुवेदी र एन प्याब्सन कोहलपुरका अध्यक्ष विष्णु प्रसाद केसीले संयुक्त रूपमा हस्ताक्षर गरि बुधवार कोहलपुर नगरपालिका कार्यवाहक प्रमुख संगिता सुवेदी लाई सो ध्यानाकर्ष पत्र बुझाइएको हो ।

     

  • २५ श्रावण २०८०, बिहीबार ०८:२९ प्रकाशित

  • Nabintech