मुगु जिप दुर्घटना ः ज्यान गुमाउनेको संख्या ५ पुग्यो

  • सनत हमाल

  • मुगुमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।  सोरु गाउँपालिकामा–७ मा भएको उक्त जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सीप चिप्ले गाड नजिक  ग १ ज ७७६२ नम्बरको जिप दुर्घटना भएको हो । सोरुकोटबाट गमगढीतर्फ जाँदै गरेको उक्त जिप सीप चिप्ले गाड नजिक सडकबाट २ सय मिटरभन्दा तल खसेको थियो । उक्त जीप दुर्घटनामा परी ४ जना सख्त घाइते भएका छन् । उनीहरुको हाल उपचार भईरहेको छ ।   ज्यान गुमाउनेमा सोरु गाउँपालिका–५ का वडा सदस्य लोकजन नेपालीसहित हुम्ला सर्केगार्डका  राम परियार, प्रकाश बोहोरा, राम परियार र पिउस परियार रहेका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिए ।

  • ३० श्रावण २०८०, मंगलवार १२:१५ प्रकाशित

  • Nabintech