कक्षा १२ को नतिजा सार्वजनिक

  • नमस्ते कर्णाली

  • राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ।

    गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म चलेको परीक्षाको नतिजा मंगलबार प्रकाशित भएको हो।

    यस वर्ष ४ लाख ४८ हजार ८ सय ३७ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए। ५१ जनाको परीक्षा रद्द भएको थियो।

    परीक्षा सकिएको ८० दिनमा परीक्षाफल प्रकाशित भएको बोर्डले जनाएको छ।

    ३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीलाई नन ग्रेडमा राखिएको बोर्डले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। नन ग्रेड आएका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिनुपर्ने हुन्छ।

    गत वर्षभन्दा ३ प्रतिशतले नतिजा सुधार भएको बोर्डले जनाएको छ। ५१ प्रतिशतभन्दा बढी विद्यार्थी पास भएको बोर्डको भनाइ छ।

  • ३० श्रावण २०८०, मंगलवार १८:३४ प्रकाशित

  • Nabintech