छायाँनाथ धामको (गाथ)प्रस्थानमा नगरपालिका बाट बिहिवार सार्वजनिक विदा

  • नमस्ते कर्णाली

  • मुगु जिल्लाको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकाले विहिवार सार्वजनिक विदा दिएको छ । बुधवार सार्वजनिक सुचना जारी गर्दै छायानाथ रारा नगरपालिकाले वडा न २ चैन गाउमा रहेको प्रसिद्ध छायानाथ मन्दिरबाट हप्ताको लागि गाथ (महादेव विष्णु र बुद्धमुर्ती) विहिवार छायानाथ हिमालमा दर्शनार्थी तथा देउताहरुको दर्शनका लागि लगिने भएकाले सार्वजनिक विदा दिएको हो । साउन महिनाको पन्चमी देखि जनै पुणिमासम्म छायानाथमा कर्णाली तथा सुदुरपश्चिमका जिल्लाहरुमा मानिदै आएका विभिन्न देवि देवताका धामिहरुलाइ शुद्ध गर्न तथा गाथको दर्शन गर्न स्थानियगरुले ल्याउने भएकाले छायानाथ मन्दिरबाट ७ दिनसम्म महादेव विष्णु र बुद्धमुर्ती गाथ ४ हजार ७ सय मिटरको उचाइमा रहेको छायानाथ धाममा लिइदै आएको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको प्रमुख धामिक स्थलका रुपमा रहेको छायानाथको गाथ छायानाथ धाममा लिने दिन सुरक्षाकर्मि सहित प्रत्यक घरबाट स्थानियहरु छायानाथ गाथ यात्रामा सहभागि हुने भएकाले सार्वजनिक विदा दिएको नगर उपप्रमुख ऎश्वर्य मल्लले बताउनु भयो । छायानाथ धाममा जनै पुर्णिमासम्म हिन्दुहरुको र पुर्णिामा पछि बौद्ध धर्मालम्विहरुले छायानाथलाई एब्लाङ्ग भगवान भनेर हप्ता दिनसम्म पुजा गर्ने मेला लगाउने गर्दछन ।

  • ६ भाद्र २०८०, बुधबार १९:५० प्रकाशित

  • Nabintech