मुगुमा भीषण आगलागी, सात घर १ टहरा जलेर नष्ट

  • सनत हमाल

  • २०७८ साल कार्तिक २९ गते गमगढी बजारमा भएको भीषण आगलागीभई क्षेती भएको घाउ सेलाउन नपाउँदै शुक्रवार राती १२ बजे मुगु सदरमुकाममा पुन आगलागी भएको छ ।उक्त आगलागीबाट गमगढी बजारको कृष्ण चोक देखि प्रकाश भामको घरसम्म पुग्ने सडकको बिच क्षेत्रमा पर्ने पुतली शाहीको घर देखि तार्के लामाको घर सम्म रहेका सात घरहरू एक टहरा ९ गोदाम जलेका छन् । जलेका घरहरू तार्के लामा , साेनाम लामा, ऐडी, सान्ताेना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही पद्मराज मल्लकाे टिनको टहरा, रहेको बताइएको छ । उक्त घरका सटरहरूमा रहेको व्यापारिक मालसामानहरूका साथै घरका अन्य माल सामान गरी करोडौंको क्षेती हुन सक्ने अनुमान गरिएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,नगर प्रहरी र स्थानीय बासिन्दाहरू खटिनुभएको छ । गमगढी खानेपानीको पानी प्रयोग गरि आगो नियन्त्रण गर्ने प्रयास जारी छ । आगो के कसरी लाग्यो भन्ने कुराको जानकारी प्राप्त हुन सकेको छैन भने क्षतिको एकिन विवरण आउन बाँकिनै रहेको प्रहरीले बताएको छ । रातिको समयमा आगलागी भएपनि कुनै मानवीय क्षति भने हुन पाएन पाँच बजे मात्र आगलागी नियन्त्रणमा आएको हो । तत्कालका लागी छाँयानाथ रारा नगर पालिले प्रत्येक घर जले वापर ५० हजार राहत र भाडामा बसेका हरेकलाई उचित बन्दबस्त र तत्कालीन खाने कुराको व्यवस्था गर्ने र बिस्तारै पुनः निर्माण कार्य थालनी गर्ने नगर प्रमुख विष्णु कुमार भामले बताए ।

  • ६ आश्विन २०८०, शनिबार ०८:१२ प्रकाशित

  • Nabintech