मुगुमा एकै घरका चार जनाको हत्या

  • सनत हमाल

  • मुगु जिल्ला छाँयानाथ रारा नगर पालिका ६ मन्दु गाउँमा एकै घरका चार जनाको हत्या गरिएको छ । हत्या हुनेमा २६ वर्षिया श्रीदेवि बोहरा उनका दुई छोरा ११ वर्षिया मनोज बोहरा ,१ वर्षिय रहर बोहरा र ७ वर्षिया छोरी अप्सरा बोहरा रहेका छन् ।

    मृतक श्रीदेवि बोहराका श्रीमान दिपक बोहरा हाल रोजगारीका लागी कतारमा रहेको आफन्तले बताए ।
    उक्त हत्या भने कार्तिक ८ गते राती नै भएको हुन सक्ने र चार जनाको हत्या गरि घरको बाहिर ताला लगाएकोले गाउँका मानिसले केहि वास्ता नगरेको र १० गते बिहान मात्र खोजी निति गर्दा दसैं मानेर ८ गते नै माइती घरदेखी आएको जनाए पछि मात्र घरको ताला फुटाएर हेर्दा हत्या गरिएको अवस्थामा घर भित्र नै लास देखेको स्थानीयले बताए ।
    अहिले उक्त घटनामा ४ जनाको हत्या घारीलो हतियार प्रयोग गरि गरिएको र कसरी र कसले गर्‍यो भन्ने बिसयमा जिल्ला प्रहरी कार्यलय मुगुले घटना स्थल मै पुगि अनुसन्धान गरिहरेको जिल्ला प्रहरी कार्यालय प्रमुख DSP विरेन्द्र थापाले बताए ।

  • १० कार्तिक २०८०, शुक्रबार १५:०४ प्रकाशित

  • Nabintech