मुगु घटनाको आठ दिनपछि सामूहिक दाहसंस्कार

  • सनत हमाल

  • मुगु – मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा सामूहिक हत्या गरिएका चारैजनाको शुक्रबार दाहसँस्कार गरिएको छ। घटना भएको आठ दिन र शवको पोष्टमार्टम भएको चार दिनपछि मात्रै चारैजनाको सामूहिक दाहसँस्कार गरिएको हो।
    घटनाको कारण र हत्यारा प्रहरीले पत्ता नलगाएको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका थिएनन्। कात्तिक ८ गते बुधबार भएको घटनाको जानकारी प्रहरीले त्यसको दुई दिनपछि १० गते शुक्रबार बिहान मात्रै जानकारी पाएको थियो। जानकारीपश्चात् घटनास्थल पुगेको प्रहरीले २८ वर्षीय श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ८ वर्षीय छोरी अप्सरा र ८ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो।

    वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगु पुर्‍याइएको थियो।

    ‘जिल्ला अस्पतालमा शव राख्ने कोल्ड हाउस नहुँदा शव गल्दै गएकाले समयमै दाहसँस्कार नभए अस्पताल क्षेत्रमा दुर्गन्धित हुने चिकित्सक अर्जुन भामले भने।

    शुक्रबार विहान छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले मृतकका आफन्तलार्इ सम्झाइबुझाइ गरेपछि दिपक बोहोराले शव बुझ्न र सहमत भएका थिए।

    श्रीदेवी र ११ वर्षीय छोरा मनोजको शव जलाइएको छ भने ८ महिने छोरा रहर र ८ वर्षीया छोरी अप्सराको शव जमिनमा गाडिएको छ।
    यता मुगु घटनाको अनुसन्धान भैरहेको र प्रहरीले हालसम्म पनि घटनामा संलग्न व्यक्तिबारे ठोस प्रमाण फेला पार्न नसके पनि घटना अनुसन्धान कार्य भने जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्ता लगाइछाड्ने
    जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापा थापाले जानकारी गराउनुभयो ।

  • १७ कार्तिक २०८०, शुक्रबार १९:४१ प्रकाशित

  • Nabintech