नगर प्रमुख थापाद्वारा रिबन काटेर काठेपुलको उद्घाटन

  • उमेश रोकाया

  • बाजुरा- त्रिबेणि नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापा द्वारा त्रिबेणि नगरपालिका र बुढिगङ्गा नगरपालिका जोड्ने पैमा जाने सडकमा निर्माण गरिएको काठेपुलको उद्घाटन गरिएको छ । एक औपचारिक कार्यक्रमका बिच उक्त काठेपुलको रिबन काटेर नगर प्रमुख कर्ण बहादुर थापाले उद्घाटन गर्नु भएको हो । त्रीबेणि नगरपालिका वडा।नम्बर ९ मा रहेको उक्त काठेपुल गाडि लगायत मानिसको आवतजावत गर्न बनाईएको बताईएको छ ।

    बर्षातको समयमा बाढि र पहिरोबाट बञ्चित रहेको उक्त काठेपुलको पुनस् निर्माण गरि दैनिक यातायात सञ्चालनमा सहजता ल्याईएको छ । काठेपुल नहुदा दैनिक यातायात तथा मानिसको आवतजावतमा निकै समस्या भएको थियो सबैको स्वामित्वमा उक्त काठेपुल निर्माण गरि आवतजावतमा सहजता ल्याईएको स्थानियले बताएका छन । उक्त काठेपुल निर्माणमा सहयोग तथा समन्वय गर्ने सबैमा स्थानियले धन्यबाद समेत ब्यक्त गरेका छन ।उक्त काठेपुल नहुदा पैमा जाने स्थानिय बासिहरुको लागि निकै समस्या भएको थियो अब उक्त समस्या पनि समाधान भएको पैमा बासिले बताएका छन ।हिजो एक औपचारिक कार्यक्रमका बिच नगर प्रमुख कर्ण बहादुर थापाले रिबन काटेर पुलको उद्घाटन गरेका थिय ।फेरि पनि पालिका भित्र समस्या परेका ठाउहरुमा यस्तै काठेपुलको निर्माण गरि दैनिक आवतजावतमा सहजता गरिने थापाले बताएका छन । पालिका भित्रका कुनै पनि नागरिकलाई यस्ता पीडा भोग्न नदिने पनि उहाले बताएका छन । आफ्नो कार्यकाल भित्र पालिकाका सबै ठाउमा पक्कि लगायत कच्चि काठेपुल निर्माण गरिने बताउनुभएको छ । आफ्नो पालिकाभरिका सबै ठाउमा पुलहरु पनि निर्माण गरिने पनि बताएका छन ।

    नगरपालिकाको करिब सात लाखको आर्थिक सहयोगमा उक्त काठेपुल निर्माण गरिएको त्रिबेणि नगरपालिका वडा नम्बर ९ का नेपाली कांग्रेस वडा कमिटि सचिव रतन खत्रिले जानकारि दिनुभएको छ । सचिव खत्रिका अनुशार पालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा करिब सात लाख भन्दा बढिको लगानिका उक्त पुल निर्माण गरिएको उहाँले बताएका छन । निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर शाउदको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर थापा , पालिकाका कर्मचारी,पालिका उपाध्यक्ष,वडाका वडाअध्य,सदस्य,राजनितिक दलका प्रमुख एवम प्रतिनिधि,सरकारि कार्यालयका प्रमुख एवम प्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधि लगायत स्थानियको उपस्थितमा उक्त काठेपुलको उद्घघाटन गरिएको बताईएको छ ।

  • २४ कार्तिक २०८०, शुक्रबार १५:२४ प्रकाशित

  • Nabintech