हिमाली गाउँपालिका स्वास्थ्य शिविरमा १ हजार बढी जनाले उपचार पाए

  • उमेश रोकाया

  • बाजुरा- हिमाली गाउँपालिकाको बृहत नि:शुल्क स्वास्थ्य शिविरमा १ हजार १ सय ८६ जना उपचार पाएका छन ।

    हिमाली गाउँपालिकाको आयोजना तथा मोनमोहन मेमोरियल मेडिकल कलेजको प्राविधिक सहयोगमा कार्तिक २२ गते आइतबार देखि २४ गतेसम्म शिविर सञ्चालन गरेका छन। ३ दिन सम्म स्वास्थ्य शिविर संञ्चालन विभिन्न रोगको विशषेज्ञ डाक्टरहरु बाट सेवा प्रदान भएको हिमाली गाउँपालिकाले जनाएको छ।

    गाउँपालिकाका स्थानीय नागरिकको उपचारका लागी स्वास्थ्य शिविर आयोजना गरिएको भएपनि हुम्ला र मुगु जिल्लाका केहि स्थानीयहरुले समेत सेवा पाएका हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो। गाउँपालिका भित्र रहेका दुर्गम तथा पिछडिएका गाउँका बासिन्दालाई सहयोग मदतको रूपमा सहजीकरण गर्न स्वास्थ्य शिविर सञ्चालन गरेको हो। यहाँको स्थानीयको आर्थिक अभावकै कारण नागरिक स्वास्थ सेवा बाहिर नहुन दिन गाउँपालिका केन्द्रमै बिषेशज्ञ सहित शिबिर ३ तिन दिनसम्म नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको मल्लले बताए ।

    स्वास्थ्य शिविरबाट गाउँ अंधिकास स्थानीय मान्छेहरूको स्वास्थ्य परिक्षण गर्ने उदेश्यले यो कार्यक्रम गरेको हो। स्वास्थ्य शिविरका क्रममा शिविरमा उपचार हुन नसके उपचारका लागि हिमाली गाउँपालिका विशेष सहयोग काठमाडौँमा नि:शुल्क स्वास्थ्य उपचार गर्ने अध्यक्ष मल्लले बताए ।

    हिमाली गाउँपालिकाकाबाट पनि जटिल खालका २५ वढि विरामी रीफर भएका गाउँपालिकाका सुचना अधिकारी राजबहादुर भण्डारीले बताउनुभयो । रीफर भएका उनिहरु सवैको काठमाण्डौमा निशुल्क उपचार हुने र अन्य ब्यवस्थापनको प्रवन्ध गाउँपालिकाबाट हुने गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले बताउनुभयो ।

  • २५ कार्तिक २०८०, शनिबार ०९:५१ प्रकाशित

  • Nabintech