टीकटक बन्द गर्नु सूचना प्रविधिको युगकै बिरोधी निर्णय हो : एमाले नेता बोगटी

  • नमस्ते कर्णाली

  • नेकपा एमालेका स्थायी कमिटी सदस्य गोरख बोगटीले टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय खेदजनक तथा सुचना प्रविधिको यूगकै बिरोधि निर्णय भएको बताउनु भएको छ ।मन्त्रिपरिषद बैठकले नेपालमा टीकटक बन्द गर्ने निर्णय गरेपछि एमाले नेता बोगटीले आपत्ति जनाउनु भएको हो ।‘संसारभरि टिकटकले हासिल गरेको लोकप्रियताले नेपाली समाजलाई पनि अत्यन्त छोटो समयमै प्रभावित गरेको छ । नेपाली जनजीवनका बहुआयामिक क्षेत्रमा गहिरो गरी जोडिएर यो वैकल्पिक मिडियाका रूपमा स्थापित छ,’ बोगटीले भन्नुभएको छ ।
    उहाँले टिकटक लगायतका सामाजिक सन्जाल मार्फत एकाध ब्यक्तिहरुबाट कतिपय बिषयहरुसंग सम्बन्धित सवाललाई लिएर अस्वभाविक,अराजनीतिक,अनैतिक तथा अश्लील तवरले प्रस्तुत हुने गरेका छिटफुट घट्नाबाट हाम्रो समाज बेलामौकामा वाक्क दिक्क हुने गरेको कटु यथार्थलाई हामी सबैले हेक्का राखेकै कुरा भएको बताउनु भएको छ तर यी केही नकारात्मक दृश्यका आधारमा टिकटकलाईनै प्रतिबन्ध लगाउनु पर्छ भन्ने मनशाय तथा निचोड लोकतान्त्रिक शासन प्रणालीमा कोही कसैको थिएन र हुनपनि सक्दैन । टिकटक लगायतका सबै सामाजिक सन्जालका माध्यमबाट सीमा बाहिर बिचार प्रवाह गर्ने कुराको नियमन राज्यको तर्फबाट हुनुपर्ने कुरा एक जिम्मेवार राज्यको प्रमुख दायित्वभित्र पर्ने कुरा भएको साथै सबै प्रकारका सामाजिक सन्जाललाई बिचार स्वतन्त्रता, सिर्जनशीलता तथा स्वच्छ ब्यबसायका रुपमा सन्चालन गन गराउनका लागि उचित कानुन निर्माण गरेर थिती बसल्नु पर्ने अहिलेको प्रमुख आवस्यकता भएको बतानु भएको छ । तर अहिलेको गठबन्धन सरकारले केही नकारात्मक पक्षलाई तिलको पहाड बनाएर हठातमा टिकटकनै बन्द गर्ने गरेको निर्णयले सरकारको निरङ्कुशताबादी सोच उदाङगीन पुगेको छ । यो निर्णय, सूचना र प्रविधिको युगकै बिरोधी निर्णय हो । अतः सरकारले यो गलत निर्णय अबिलम्व फिर्ता गर्नुको विकल्प नभएको सामाजिक संजाल फेसबुक मार्फत भन्नु भएको छ ।

  • २९ कार्तिक २०८०, बुधबार १०:१० प्रकाशित

  • Nabintech