छायाँनाथ रारा नगरपालिकामा नगरबस सेवा सञ्चालन

  • सनत हमाल

  • मुगु छायाँनाथ रारा नगरपालिकाले पहिलो पटक आफनो नगर क्षेत्र भित्र सर्बसाधरणका लागी नगर बस सेवा संचालनमा ल्याएको छ ।
    बिहिबारबाट छायाँनाथ रारा नगरपालिकाले आफनो नगर क्षेत्र भित्र नगरबस सेवा संचालन गर्न ८४ लाखमा दुई वटा बस खरिद गरी आफनो नगर क्षेत्रका केही स्थानरुमा पहिलो पटक सर्बसाधरणकालागी नगर बस संचालनमा ल्याएको हो ।
    नगरपालिका भित्रका ३४ रुट मध्ये पहिलो चरणमा सदरमुकाम गमगढीबाट आठ वटा रुटमा नगर बसले सेवा दिने नगरपालिकाकले जानकारी दिएको छ । छाँयानाथ रारा नगरपालिका –१४ बाम गाँउ सम्मको २२ किलोमिटर सम्मको रुटमा बिहिबारबाट एक कार्यक्रमका बिच औपचारीकरुपमा उद्घाटन गरिएको हो ।
    छाँयानाथ रारा नगरपालिकाको १४ वडाका ८७ बस्ति मध्ये दुई बस्तिमा सडक पुगेको छैन । अन्य सबै बस्तिमा सडक पुगेको भएपनी सर्बसाधरणले सहुलिएत दरमा यातायात गर्न पाएका थिएनन । नगरपालिकाले पहिलो पटक नगर बस मार्फत सुहलिएत दरमा यातायात सेवा दिन सुरुवात गरेपछी सर्बसाधरणलाई राहत हुने स्थानियहरुले बताएका छन ।
    सडक जोडिएका बस्तिहरुमा भाडामा सेवा दिदै आएका जिपहरुले मनपरी भाडा असुल्दै आएका थिए । गमगढी देखी बाम गाँउ सम्म भाडा जिपहरुले प्रति ब्यक्ति एकतर्फी ६ सय रुपैया भाडा लिने गरेका छन । नगर पालिकाले आफ्नो सेवा मार्फत प्रति ब्यक्ति ३ सय र अपाङ्गता भएका ब्यक्ति र जेष्ठ नागरिकहरुलाई नगरबस संचालन कार्यबिधी अनुसार भाडामा छुट हुने छाँयानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पशुपति शाहीले जानकारी दिए ।
    बिहिबारबाट संचालनमा ल्याएको नगरबस सेवा सहुलिएत दरको भाडामा यातायात गर्न पाउने भएपछी छाँयानाथ रारा नगरपालिका–१३ र १४ नम्बर वडाका सर्बसाधरण हर्षित छन् । नगरबस संचालनमा नआउदै आफनो गाँउबाट सदरमुकाम जान आउन दुई तर्फि बाटा १ हजार २ भाडातिर्न बाध्य थिए । नगरबस संचालन आएपछी दुई तर्फी भाडा ६ सयमा आवत जावत गर्न मिल्ने भएपछी सम्पुर्ण स्थानियबासि हर्षित भएको छाँयानाथ रारा नगरपालिका–१४ का तिलक बुढाले बताए । बाम गाँउ स्याउ र पर्यटको हवकारुपमा पहिचान भएको गाँउ हो । यहाँ धेरै कुण्ड चंखेली हिमाल लगाएत पर्यटकिय स्थलहरु छन । यहाँ घुम्न बाहिरका मान्छे समेत आउने भएपछी यहाँका सर्बसाधरणहरुको आर्थिक स्थितिमा केही सुधारहुने सोही वडाका चन्द्र बुढाले बताए ।
    एक डोको स्याउ बेच्न सदरमुकाम पुग्नु पर्छ । एक डोको स्याउ बेचेर १ हजार २ सय आम्दानी हुन्छ । त्यही आम्दानी भएको रकम आउदा जाँदा गाडी भाडा तिरेर रित्तै घर फर्किनु पर्ने हुन्थ्यो । नगरपालिकाले सहुलिएतमा नगरबस सेवा ल्याएपछी स्याउ बेचेर केही आम्दानी भएको रकम बचाएर घर ल्याउन सकिने भयो । अझै नगरपालिकाले भाडामा केही रकम हेरफेर गरेको भए सबै भन्दा बढी हामी महिलालाई केही राहत हुने छाँयानाथ रारा नगरपालिका–१३ की बास्मति रावतले बताईन ।
    नगरबस सचालनमा आएको यो सडक खण्ड सदरमुकाम गमगढी र छिमेकी जिल्ला हुम्ला जोड्ने सडक हो । यो सेवाबाट मुगु सर्बसाधरण मात्र नभई हुम्ला जिल्लाका स्थानियले समेत सेवा पाउने भएका छन । स्थानिय शासन ऐन अनुसार स्थानिय सरकारले आफनो आफना जनताको पिर मर्का पहिचान गरी सेवा प्रवाह गर्न उसको कर्तब्य हो । पहिलो पटक छायाँनाथ रारा नगरपालिकाले आफनो नगर क्षेत्र भित्र नगरबस सेवा संचान गरी सहलिएत दरमा सर्बसाधरणले यातायात गर्ने बातावरण बनाएको छाँयानाथ रारा नगरपालिका जिल्लाकै पहिलो स्थानिय तह भएको मुगुबाट निर्बाचित संघिय सांसद ऐन बहादुर शाहीले बताए ।

    दोस्रो नगर प्रमुखका रुपमा निर्वाचित भएका नगर प्रमुख बिष्णु कुमार भामले आफनो चुनावी नारामा नगरपालिकाका नगरबासीको सहज यातायात पहुँचका लागि आफनो पाँच बर्षे कार्यकालमा चार वटा नगरबस खरिद गर्ने प्रतिबद्धता अनुसार पहिलो पटक दुई वटा बस खरिद भएको बताए । मेयर भामले दिएको जानकारी अनुसार बिहिबारबाट संचानमा ल्याएका दुईवटा नगरबसले तत्कालै संचालनमा आएका सडक खण्ड मार्फत गमगढी बजार ,तुम, ताल्च,सल्लेरी,हुँदै पिना सम्म र गमगढी बजार,रुगा,नेटा,लुम हुदै बाम सम्म नगरबस सेवा सञ्चालनमा ल्याईने भएको छ ।

  • ७ मंसिर २०८०, बिहीबार १५:२३ प्रकाशित

  • Nabintech