अदानचुली गाउँपालिका अध्यक्ष कोषबाट भुकम्प पिडितलाई राहत सामाग्री सहयोग

अध्यक्ष कोषबाट २ लाख बराबरको राहत सामाग्रीे सहयोग


  • नमस्ते कर्णाली

  • हुम्लाको अदानचुली गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार र राहतका लागि अध्यक्ष कोषबाट २ लाख बराबरको राहत सामाग्रीे सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंहले एक कार्यक्रमका बिच सुर्खेतमा आर्थिक मामिला मन्त्री बेदराज सिंहलाई हस्तान्तरण गर्नेु भएको हो ।
    साथै अध्यक्ष सिंहले भूकम्प पीडितहरुको उद्धार, राहत, पुनस्र्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि मानविय सेवा अभियानमा जुटन विश्वभरका सम्पुर्ण नेपालीहरुलाई अनुरोध गर्नुभएको छ । गत कार्तिक १७ गते शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामी डाडाँ केन्द्रविन्दू बनाएर गएको ६.४ म्याग्निुच्युको भुकम्प सय बढीको मृत्यु भएको छ । लुम्बिनी प्रदेश सरकार सँगै प्रदेशमा रहेका विभिन्न पालिकाहरुले पनि पछिल्लो समय सहयोग गर्दै आएका छन ।

  • ७ मंसिर २०८०, बिहीबार १८:२७ प्रकाशित

  • Nabintech