बेटरलाइफ ईन्स्टिच्युट द्धारा म्याराथुन दौड प्रतियोगीलाई पानी र फलफुल बितरण (फोटो फिचर)

  • नमस्ते कर्णाली

  • बाँकेको कोहलपुरमा रहेको बेटरलाइफ ईन्सीच्युटले छैठौं धारा नेपालगञ्ज म्याराथुन दौड प्रतियोगिताका प्रतियोगी तथा सुरक्षा कर्मीहरुलाई पानी तथा फलफुल बितरण गरेको छ । सो ईन्सीच्युटको अगाडी साझा चोकबाट दौडिरहेका प्रतियोगीहरु तथा सुरक्षमा खटिएका सुरक्षा कर्मीलाई पानी तथा फलफुल बितरण गरिएको बेटर लाईफ ईन्सीच्युटका प्रबन्धक निर्देशक शुबास सिंह ठकुरीले नमस्ते कर्णाली पत्रिकालाई जानकारी दिनु भयो । पानी तथा फलफुल बितरणमा ईन्सीच्युटका अध्ययनरत बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
    साथै छैठौं धारा नेपालगञ्ज म्याराथुन शनिबार नेपालगन्जमा सम्पन्न भएको छ । फुल म्याराथुन (पुरुष) र हाफ म्याराथन (महिला) गरी दुईवटा इभेन्टमा नेपालगन्ज म्याराथन सम्पन्न भएको छ ।


    फुल म्याराथुन तर्फ सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले ४२ दशमलव १९५ किलोमीटरको दुरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पार गरेर प्रथम स्थान हासिल गरी छैठौं धारा नेपालगञ्ज म्याराथनको च्याम्पियन बनेका छन । उनले ७५ हजार रुपैयाँको पुरस्कार हात पारे । पार्कीले टोकियो ओलम्पिकमा भाग लिन पाउने भएका छन् । उनि १३औं सागमा स्वर्ण पदक विजेता पनि हुन ।
    त्यस्तैे २ घण्टा २० मिनेट ४९ सेकेन्डमा उक्त दुरी पार गरेर त्रिभुवन आर्मी क्लबका कृष्णबहादुर बस्नेत द्वितीय बने उनले ३० हजार रुपैयाँको पुरस्कार हात पारे । आर्मी क्लबकै खगेन्द्र भाटले २ घण्टा २७ मिनेट २८ सेकेन्डमा सो दुरी पार गरी तृतीय भएका छन । उनले २० हजार रुपैयाँको पुरस्कार प्राप्त गरे ।

    हाफ म्याराथन तर्फ सशस्त्र प्रहरीकै पुष्पा भण्डारी च्याम्पियन बनेकी छन । उनले २१ किलोमिटरको दुरी १ घन्टा २६ मिनेट ५४ सेकेन्डमा पार गरी च्याम्पियन बनेकी हुन । उनि १३औं सागमा सिल्भर मेडल विजेता पनि हुन । उनले ३० हजार राशीको पुरस्कार हात पारिन ।
    त्यस्तै हुम्लाकी मन्जु रावतले १ घन्टा ३० मिनेट ७ सेकेन्डमा सो दुरी पार गरी द्वितीय र दाङकी शर्मिला घर्तीले १ घन्टा ३८ मिनेट १४ सेकेन्डमा सो दुरी पार गरी तृतीय भएका छ्न । उनिहरुले क्रमशः १५ हजार र १० हजार रुपैयाँको पुरस्कार प्राप्त

     

  • ९ मंसिर २०८०, शनिबार १३:२२ प्रकाशित

  • Nabintech