मुगुका अपाङ्गता भएका ब्यक्तिहरुलाई मोबाईल एप र वेबसाई

  • सनत हमाल

  • ३२ औं अन्तराष्ट्रिय अपाङ्गता भएका ब्यक्तिहरुको दिवसको अबसर पारी मुगु जिल्लाका अपाङ्गता भएका ब्यक्तिहरुकालागी डिजिटल मोबाईल एप र वेबसाईट सुरु हुने भएको छ ।
    अपाङ्गता भएका ब्यक्तिहरुको अन्तरािष्ट्रय दिवसको अवसरपारी कर्णाली ग्रामिण उत्थान तथा समाज बिकास केन्द्र(सीडीएस पार्कं) मुगुले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुगुमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुकालागी डिजिटल मोबाईल एप र वेबसाईट सुरु हुने भएको हो ।
    जिल्लाका सबै स्थानिय तहमा अपाङ्गता भएका ब्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्य सेवा तथा सुचनाको अधिकारमा कमि भएको अपाङ्ग पुर्नस्थापना तथा ग्रामिण बिकास केन्द्र ( डार्डो ) नेपाल र कर्णाली ग्रामिण उत्थान तथा समाज बिकास केन्द्र(सीडीएस पार्कं) ले गरेको अनुसंन्धानका आधारमा अपाङ्गता भएका ब्यक्तिहरुको अन्तराष्ट्रिय दिवसको अबसर पारी उनिहरुको यौन तथा प्रजनन् स्वास्थ्य सेवा तथा सुचनाको अधिकारको शुनिश्चित गर्न पहिलो पटक जिल्लाका यि ब्यक्तिहरुकालागी डिजिटल मोबाईल एप र वेबसाईट सुरु गर्न थालिएको सीडीएस पार्क मुगुका कार्यक्रम अधिकृत हरिलाल नेपालीले जानकारी दिए ।
    कोर ग्रुपको आर्थिक सहयोगमा सीडीएस पार्क मुगुको सहिजीकरणमा वृहत अपागंता स्वास्थ्य कार्यक्रम मार्फत सीडीएस पार्कले सुर्खेतको (वीरेन्द्रनगर अस्पताल र धारापानी आधारभूत सेवा स्वास्थ्य केन्द्र), र मुगु जिल्लाको ( जिल्ला अस्पताल र ढुङ्गेधारा स्वास्थ्य चौकी) मा चारवटा अपाङ्गतामैत्री नमूना स्वास्थ्य संस्थाको निर्माण गरिरहेको र त्यसैगरी सूचनाको सहुँच बढाउनका लागि अपांगौत्रीमैत्री डिजिटल मोबाइल एप र वेबसाइट पनि सुरु गर्न गइरहेको कार्यक्रम अधिकृत नेपाली जानकारी दिए ।

  • १८ मंसिर २०८०, सोमबार ०७:३० प्रकाशित

  • Nabintech