बाजुराका पुर्व मेयरले नै पाएनन् वडाको सिफारिस

  • उमेश रोकाया

  • बाजुरा ।  बडिमालिका नगरपालिकाका पुर्व नगर प्रमुख पदम बडुवालले वडाको सिफारिस नपाएको गुनासो गरेका छन् ।

    पुर्व नगरप्रमुख बडुवालले बडीमालिका नगरपालिका वडा नं ६ जडाङगामा रहेको आफ्नो घरमा राष्ट्रिय प्रसारण लाइनको बिजुलीको लाइन जोड्नका लागि वडा कार्यालयबाट सिफारिस माग्दा सिफारिस नदिएको गुनासो गरेका हुन् ।पुर्व नगरप्रमुख बडुवालले बडिमालिका नगरपालिका वडा नम्बर ६ जडाङगामा कुटानी पिसानी मिल र भैसीपालन व्यवसाय संचालन गरिरहेका छन् ।

    उनले भने ‘दुई महिना भयो बिजुली छैन व्यवसाय ठप्प रहेको छ, कोर्धी गाडबाट बिद्युत उत्पादन गरिएको थियो । उक्त बिद्युत पाईप लाईन काटेर नचल्ने बनेको र अलपत्र अवस्थामा छ । अब बैंकको ब्याज के गरेर तिर्ने । एउटा पाँच वर्ष नगर सरकार चलाएको नगरप्रमुखलाई वडाको सिफारिसबाट बन्चित गराईन्छ भने उक्त वडाका नागरिकले सेवा सुविधा पाएका होलान् त रु नगर प्रमुख बडुवालले प्रश्न गर्नु भएको छ ।

    राज्यको सेवा सुविधाबाट नागरिकलाई बन्चित गरिनु भनेकै जनप्रतिनिधिको दादागिरी र असोभनीय कार्य भएको बडुवालले बताएका छन् ।नगर प्रमुख बडुवालले केहिदिन अगाडि बिजुलीको समस्या समाधानका लागि बिद्युत प्राधिकरण बाजुरा शाखामा पुगेको र शाखाले सम्बन्धित वडाको सिफारिस चाहिएको बताएपछि आफु सिफारिसका लागि वडामा पुगेको बताए ।

    उनका अनुसार वडामा जनप्रतिनिधी आएको २ वर्ष पुग्नै लाग्दा समेत वडाध्यक्ष कृष्ण खड्का वडामा बस्ने गरेको छैनन् । वडामा रहेका कार्यावाहक वडाध्यक्ष प्रेम बडुवालले राष्ट्रिय प्रसारण लाइनको बिजुली जा्डेनका लागि सिफासिर माग्दा नदिएको बडुवालको गुनासो छ ।
    यता बडीमालिका नगरपािलका वडा नं ६ का कार्यावाहक वडाध्यक्ष प्रेम बडुवालले भने वडामा १ करोड ४० लाख बराबरको कोर्धीगाड लुघजलविद्युत संचालनमा रहेको र वडा नं ६ का बस्तीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली जोडेमा उक्त लघुजलविद्युतको लगानी खेर जाने भएकाले वडा कार्यालयले सिफारिस नदिएकको दाबी गरेका छन्।

    उनले वडामा रहेको बराबरको कोर्धीगाड लुघजलविद्युतको मर्मत कार्य भैरहेको पनि दाबी गरेका छन् ।यता पुर्व मेयर बडुवालले भने २ महिनादेखि वडाबासी अध्यारोँमा बस्न बाध्य भएको र घरैअगाडी राष्ट्रिय प्रसारण लाइनको बिजुली हुँदा पनि बाल्नको लागि वडाले सिफारिस नदिने गरेको गुनासो गरे ।पदम बडुवाल बडमिालिका नगरपालिकाका पुर्व नगरप्रमुख हुन्।

  • २६ मंसिर २०८०, मंगलवार १६:१६ प्रकाशित

  • Nabintech